आईतवार, ३ आषाढ, २०७५ (Sun, 17 June, 2018)
खेलकूद
Oct 22, 2017
एएफसी अण्डर नाइन्टिन फुटवल क्वालिफायर तयारीका लागि भोलिदेखि प्रशिक्षण सुरु
आईतवार, कार्तिक ५, २०७४

काठमाडौं : साफ अन्डर एटिन् च्याम्पियनसिप जितेको नेपाली टोलीले आगामी एएफ्सी अन्डर नाईन्टिन च्याम्पियनसिप क्वालिफायरका लागि सोमबारदेखि पुनः अभ्यास थाल्ने भएको छ ।

यहि अक्टोबर ३१ देखी किर्गिस्थानको बिस्केकमा हुने क्वालीफायरका लागि नेपालले भुटानमा साफ च्याम्पियनसिप जितेर आए लगतै अभ्यास थालेको थियो । पहिलो खेलमा भुटानसँग हार बेहोरेपनि पछि उत्कृष्ट कमब्याक गर्दै साबिकको समेत विजेता रहेको नेपालले राउण्ड रबिनका आधारमा खेलाईएको सो प्रतियोगितामा शीर्ष स्थान हासिल गर्दै उपाधि जोगाएको थियो ।

तिहारको समयमा टोलीलाई ४ दिनको बिश्राम दिइएको थियो । क्याम्पमा अहिले २८ खेलाडी रहेका छन् र ती खेलाडीलाई अन्तिम २३ मा सीमित गरिने छ । टोलीलाई मुख्य प्रशिक्षक छिरिङ लोप्साङले सम्हालिरहेका छन् । क्वालिफायरमा नेपाल आयोजक किर्गिस्थानसहित ओमान, बहराइन र यूएई सम्मिलित कठिन समुहमा छ ।

साफ अन्डर एटिन् च्याम्पियनसिप जितेको नेपाली टोलीलाई एन्फाले जनही दुई लाख नगद प्रदान गर्ने घोषणा पनि गरिसकेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale