बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
खेलकूद
Oct 22, 2017
आर्सनलद्वारा एभरट्न ५-२ गोलले पराजित, जितसँगै आर्सनल अकं तालिकाको पाँचौ स्थानमा
आईतवार, कार्तिक ५, २०७४
काठमाडौं : ईङ्गलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले एभरट्नलाई ५-२ गोलले पराजित गरेको छ ।

यस सिजन खराब खेल प्रदर्शन गरिरहेको एभरटनले आफ्नो घरेलु मैदानमा सुरुवाती गोल गरेता पनि अग्रता भने जोगाउन नसक्दा पराजय भोग्नु पर्यो । एभरटनको घरेलु मैदान गोडिसन पार्कमा भएको खेलमा वायन रुनीले १२ औँ मिनेटमा गोलको खाता खोलेका थिए तर एभरट्नको अग्रता ४० औँ मिनेटमा नाचो मोन्रियले तोडेका थिए ।

पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएता पनि दास्रो हाफमा भने आर्सनलले अरु ४ गोल थपेको थियो । आर्सनलका लागि मेसुट ओजिलले ५३ औँ मिनेटमा गोल गरे भने लाकाजाटेले अग्रतालाई ३-१ गोलमा पुर्याए ।

खेलको निर्धारित ९० औँ मिनेटमा राम्सेले पुन आर्सनललाई ४-१ को अग्रता दिलाए । थप गरिएको चौथो मिनेटमा एभरट्नका लागि बाय ओमरले सान्तवना गोल फर्काए । तर दोस्रो हाफमा निकै आक्रमक खेल खलेको आर्सनलका लागि चिलीका स्ट्राईकर एलेक्सीस सान्चेजले यो सिजन आफ्नो पहिलो र आर्सनलका लागि पाँचौ गोल गर्दै जित सुनिस्क्षित गरे ।

जितसँगै आर्सनल अकं तालिकाको पाँचौ स्थानमा उक्लियो भने एभरट्न रेलिगेशन जोनमा झर्दै १८ औँ स्थानमा पुगेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang