शनिबार, १२ जेष्ठ, २०७५ (Sat, 26 May, 2018)
आर्थिक
Nov 01, 2017
दरबारमार्गमा रहेका बिभिन्न ८ ब्राण्डेड पसलका सञ्चालक विरुद्ध कालो बजारी ऐन अन्तर्गत मुद्धा दायर
बुधबार, कार्तिक १५, २०७४
काठमाडौं : काठमाडौंको दरबारमार्गमा रहेका बिभिन्न ८ ब्राण्डेड पसलका सञ्चालक विरुद्ध कालो बजारी ऐन अन्तर्गत मुद्धा दायर भएको छ । उपभोक्तालाई ठगी गरेको अभियोगमा महानगरीय प्रहरी परिसरले मंगलबार उनीहरूलाई विभिन्न स्थानवाट पक्राउ गरेको थियो ।

उपस्थितिका लागि सूचना जारी गरेपछि सञ्चालकहरु फरार भएको भन्दै प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा वाच एण्ड सीका राजेश्वर श्रेष्ठ, तिरुपति प्रालिका नन्दन बिहानी, लेवल स्टोलका दितेन्द्र महर्जन र सुवास महर्जन, एडभेञ्चर आउटडोरका रोशन ओडारी, लाइफ स्टाइल प्रालिका श्रीकृष्ण महर्जन, एभिन्यू मार्के्टिङका उत्तमकुमार बस्नेत, प्लेटिनियम ट्रेड कन्सनका प्रविन झा र बेन्टलीका तुलसीधर भण्डारी रहेका छन् ।

तत्कालीन आपूर्तिमन्त्री शिवकुमार मण्डल नेतृत्वको टोलीले गत भदौ १९ र २१ गते दरवारमार्ग क्षेत्रका ब्राण्डेड पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा अत्यधिक मूल्य राखेर उपभोक्ता ठगेको पाइएपछि त्यस क्षेत्रका ९ वटा पसलमा सिल गर्नुका साथै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दरवारमार्गका ११ र न्यूरोडका २ सहित १३ पसलमाथि कारवाहीका लागि प्रहरी परिसर टेकुलाई सिफारिस गरेको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale