शनिबार, ३ कार्तिक, २०७५ (Sat, 20 October, 2018)
आर्थिक
Nov 01, 2017
नेपाल स्टक एक्सचेन्जद्वारा उपसमूहको रुपमा माइक्रोफाइनान्स नामक समूहगत परिसूचक थप
बुधबार, कार्तिक १५, २०७४
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज नेप्सेले बुधबारदेखि सूचीकृत कम्पनीहरुको कारोबार मूल्य मापन गर्ने गरी नेप्सेमा माइक्रोफाइनान्स नामक समूहगत परिसूचक थप गरेको छ । थपिएको नयाँ परिसूचकलाई बुधबारदेखि नेप्सेको वेबसाइट मार्फत रियल टाइममा प्रसारण गरिएको छ ।

साबिकको विकास बैंक समूहमा रहेका ७१ कम्पनीमध्ये नेपाल राष्ट्र बैंकबाट घ वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका ३३ वित्तीय संस्थाहरुलाई विकास बैंक समूहबाट अलग गरी माइक्रोफाइनान्स परिसूचक निर्माण गरिएको हो । गत साता नै विकास बैंकको समुहलाई दुई अलग अलग समूहमा बिभाजन गर्ने काम सम्पन्न भए पनि परिक्षणका कारण कार्यन्वयनमा ल्याउन केहि ढिलाई भएको नेप्सेले जनाएको छ ।

नेप्सेले असोज २९ गते नै विकास बैंक र लघुवित्तलाई अलग अलग उपसमूहमा राख्ने निर्णय गरेको थियो । विकास बैंक र लघुवित्त बित्तिय संस्था फरक पाटो भए पनि एउटै उपसमुहमा राख्दा बजार नै प्रभावित हुदै समग्र विकास बैंक उपसुचकको वास्तविक चाल पत्ता नलाग्दा लगानीकर्तामा अन्यौलताको स्थिति रहँदै आएको थियो । विभिन्न समयमा विकास बैंक र लघुवित्तको सूचक फरक फरक बनाउनु पर्छ भन्ने लगानीकर्ताको आवाज समेत उठ्दै आएको थियो । जसकारण विकास बैंक र लघुवित्तलाई अलग अलग उपसमूहमा राखिएको नेप्सेले जनाएको छ ।

मंगलबारका दिनमा सम्बन्धित निकायहरुको प्राथमिकतामा यो बिषय नपर्दा लघुवित्त र बिकास बैंकको वास्तविक सूचकको जानकारी लिनबाट लगानीकर्ताहरु लामो समय देखि बन्चित हुँदै आएका थिए । लघुवित्त उपसमूह थपिएपछि अब १० उपसमूह भएको छ । नेप्सेको स्थापनाकालमा ६ वटा उपसमूहबाट सुरु भएको शेयर बजार, दुई हजार ५८ सालमा परिमार्जन गर्दै ६ वटा उपसमुहलाई अलग गरी ९ वटा बनाइएको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan