शनिबार, १२ जेष्ठ, २०७५ (Sat, 26 May, 2018)
आर्थिक
Nov 01, 2017
नेपालमा ब्यवसायिक वातावरणमा सुधार आएको विश्व बैंकको निष्कर्ष
बुधबार, कार्तिक १५, २०७४
काठमाडौं : विश्व बैंकको प्रतिवेदनले नेपालमा व्यवसाय गर्ने वातावरणमा सुधार आएको देखाएको छ । विश्व बैंकले हरेक वर्ष प्रकाशित गर्ने डुइङग विजनेश २०१८ को प्रतिवेदनले नेपालमा व्यवसायको वातावरण सहज भएको देखाएको हो ।

प्रतिवेदन अनुसार सन् २०१७ मा १ सय सातौं स्थानमा रहेको नेपाल २ स्थान माथि उक्लेर १ सय पाचौं स्थानमा पुगेको छ । विभिन्न विषयहरुको आधारमा नेपालले १ सय अंकमध्ये ५९ दशमलव नौ पाँच अंक पाएको छ । विश्वका १ सय ९० देशको अर्थतन्त्रलाई समेटेर तयार गरिएको प्रतिवेदनमा विभिन्न १० वटा सूचकको आधारमा व्यवसाय गर्ने वातावरण निर्धारण गरिएका छन् । ती सूचकमध्ये साना लगानीकर्ताको संरक्षणमा नेपाल ६२ औं स्थानमा परेको छ ।

त्यस्तै वैदेशिक व्यापारमा सहजता र समस्याग्रस्त संस्थाको व्यवस्थापनमा ७६ औं स्थान र सम्पत्ति दर्तामा ८४ औं स्थान प्राप्त गरेको छ । निर्माण अनुमति प्राप्त गर्न लामो प्रक्रिया र समय लागेको आधारमा नेपालले १ सय ५५ औं स्थान हासिल गरेको छ । सम्झौता कार्यान्वयन, विद्युत प्राप्ति, कर भुक्तानी प्रक्रियामा पनि नेपालको स्थान पछाडि नै रहेको छ । व्यवसाय सुरुवात गर्नेमा नेपाल १ सय नवौं स्थानमा परेको छ ।

चल सम्पत्तिको धितोमा पनि कर्जा दिन सकिने व्यवस्था सहितको सुरक्षित कारोबार प्रणालीको कार्यान्वयन र संस्थागत पारदर्शिता कायम गर्दै साना लगानीकर्ताको संरक्षणमा सुधार भएकोले नेपालको व्यवसायिक वातावरण सुधार भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्ष नेपालभन्दा पछाडि रहेको भारत भने १ सय तीसौं स्थानबाट ३० स्थान उक्लेर सयौं स्थानमा पुगेको छ । १० वटा सुचकमा भारतले ८ वटामा सुधार गरेको प्रतिवेदनले जनाएको छ ।

भारतले व्यवसाय सुरु गर्न, निर्माण सम्बन्धि कामको अनुमति, कर भुक्तानी प्रक्रिया, कर्जा प्राप्ति, विद्युत प्राप्ति, साना लगानीकर्ताको संरक्षण, बैदेशिक व्यापार, कामदार सम्बन्धि सम्झौता र समस्याग्रस्त संस्थाको व्यवस्थामा सुधार गरेको प्रतिवेदनले देखाएको छ । साना लगानीकर्ताको संरक्षणमा भारत चौथो स्थानमा र कर्जा र विद्युत प्राप्तिको सहजतामा २९ औं स्थानमा रहेको छ ।

चीनले कर भुक्तानी प्रक्रिया र व्यवसाय सुरुवातामा सुधार गरेपनि गत वर्षझैं ७८ औं स्थानमा नै रहेको छ । व्यवसाय गर्न वातावरण सहज हुने अर्थतन्त्रमा न्युजिल्याण्ड पहिलो, सिंगापुर दोस्रो, डेनमार्क तेस्रो, कोरिया चौथो, हङकङ पाँचौं, अमेरिका छैठौं र युके सातौं स्थानमा रहेको छ । अर्थतन्त्रहरुको सूचीमा सोमालिया सबैभन्दा तल १ सय ९० औं स्थानमा रहेको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale