आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
मनोरञ्जन
Nov 03, 2017
गायक विश्व प्रधानको 'आँखाको मायाँ' पछि 'नाटक अव धेरै भो' चाडै आउदै
शुक्रबार, कार्तिक १७, २०७४
काठ्मान्डौ : विगत लामो समय देखी नेपाली संगीत बजारमा कर्म र धर्म निभ्याउदै विशेष नेपाली गीत संगीतको प्रवर्दनकै निम्ति संगीत बजारलाई व्यवसायीक वनाउदै अगाडि बढेका सालीन कुशल व्यक्तित्व हुन गायक विश्व प्रधान ।उनी नेपाली म्युजिक इन्ड्रष्ट्रीमा सफल भएको नाम हो ।हाल चाल उनी गायकको रुपमा भर्खरै मात्र 'आँखाको मायाँ' बोलको गीत मार्फत आएका छन ।उक्त यस गीतमा स्वर विश्व प्रधानलाई गायिका निकिता थापाले साथ दिएकी छिन।शब्द नवीन श्रेष्ठ र संगीत अनिल शाहीको रहेको छ।युटुव मार्फत सार्बजानिक गरिएको गीतको भिडियो धेरै श्रोता दर्शकले रुचाईएको पाईन्छ।छोटो समयमै एक लाख बयासी हजार भन्दा बढी पटक हेरिएको पाईन्छ।यस गीतमा अभिनय गायक स्वयमकै रहेको छ भने चर्चित मोडल रक्षा श्रेष्ठले साथ दिएकी छिन।हरि हुमागाई र उत्तम हुमागाईको छांयाकन रहेको भिडियोमा प्रविण श्रेष्ठको सम्पादन रहेको छ।भिडियो निर्देशन भि.जे. ले गरेका छन ।गायक विश्व प्रधानको 'आँखाको मायाँ' गीतको सफलता पछि निरन्तर्ताको क्रममा अर्को गीत 'नाटक अव धेरै भो' चाडै सार्बजानिक गर्ने वताएका छन।सो गीतको छाँयकन पनि पुर्ण रुपमा सकिएको छ र एक हप्ता भित्रमा रिलिज गर्ने बताएका छन।शब्द तथा संगीत महेश ज्ञवालीको रहेको छ भने संगीत संयोजन बाबु प्रधानको रहेको छ।गायक स्वयमकै अभिनय रहेको छ भने मुम्बईमा मोडलीङ गर्दै आएकी मोडल सभ्यता गिरीको पनि अभिनय हेर्न पाईने छ।गायक विश्व प्रधानको धेरै आशा लाग्दो गीत बनेकोले थप श्रोता दर्शकको मन जित्ने बिश्वास लिएका छन भने भिडियो निर्देशन विजय चौधरीको रहेको छ । 




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang