शुक्रबार, १ भाद्र, २०७५ (Fri, 17 August, 2018)
मनोरञ्जन
Nov 07, 2017
गायक राईलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान
मंगलवार, कार्तिक २१, २०७४
चर्चित गायक राजेपायल राईलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान दिइएको छ । रोचेस्टर सिटीले राईको नाममा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभल मनाईने भएको छ । त्यसैगरी, रोचेस्टर सिटीले ‘इन्टरनेशनल पप स्टार’ को उपाधि समेत प्रदान गरेको छ ।

राई ईज किङ अर्थात राजेशपायल राईलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान दिइएको छ । गायक राईलाई अमेरिकाको रोचेस्टर सिटीका मेयर लभ्ली वारेन र डाइरेक्टर डेपुटी मेयर डा. केर्डिक एल. अलेक्जन्डरले संयुक्त रुपमा सम्मानित गरेका हुन् । रोचेस्टर सिटी हलमा गायक राईलाई प्रमाणपत्र सहित सम्मानित गरेको हो ।

कार्यक्रममा बोल्दै डेपुटी मेयर डा. अलेक्जन्डरले अब रोचेस्टर सिटीमा प्रत्येक वर्ष ‘राई इज किङ डे’ फेस्टिभलको रुपमा मनाउंने घोषणा गरे । सोही कार्यक्रममा राईलाई ‘इन्टरनेशनल पप स्टार’ उपाधि प्रदान गरिएको छ । नेपाली कलाकारलाई अमेरिकामा अहिलेसम्म कै ठूलो सम्मान प्रदान गरेको भन्दै राईले रोचेस्टर सिटीप्रति आभार व्यक्त गरे ।

कार्यक्रम अहिलेसम्म कै भव्य, सभ्य र यति ठूलो पदाधिकारीबाट नेपाली कलाकार सम्मानित भएको जानकारी आयोजक विजय खड्काले बताए । नेपाली कलाकारलाई विमानस्थलबाट अमेरिकी प्रहरीले कार्यक्रम स्थलसम्म सुरक्षा प्रबन्ध दिएको यो पहिलो पटक भएको खड्काले बताए । राईले थाहा पाए दोबाटोमा, नमाग मसँग सहारा नमाग, तिमीले बाटो फे¥यौ अरे, दर्शन नमस्ते–३, दर्पण छायाँ–२ र झिमझिम गर्ने परेली लगायत गीत गाएर भरपूर मनोरञ्जन दिएका थिए ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa