बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
खेलकूद
Nov 12, 2017
अण्डर नाइन्टिन एसिया कपमा भारतमाथि १९ रनको जीतसँगै नेपालले रच्यो इतिहास
आईतवार, कार्तिक २६, २०७४
काठमाडौं : मलेसियमा जारी एसिसी अन्डर नाईन्टिन युथ एशिया कप अन्तर्गत नेपालले भारतलाई १९ रनले हराउँदै ईतिहास रचेको छ ।

निकै रोमाञ्चक खेलमा नेपालले भारत विरुद्ध ११ बल अगाबै जित हात पारेको हो । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपालले दिएको १ सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारत १ सय ६६ रनमै अल आउट भएपछि नेपालले एैतिहासिक जित दर्ता गर्यो ।

टस हारे पछि ब्याटिङको निम्तो पाएको नेपाली युवा टोलीले ८ विकेट गुमाउँदै १ सय ८५ रन बनाएको थियो । नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ८८ रनको अर्धशतकीय पारी खेले भने ओपनर जितेन्द्र सिंह ठकुरीले ३६ रनको योगदान दिए । तर १ सय ८६ रनको मध्यम लक्ष्य पाएको भारतले सुरवात राम्रो गरेता पनि नेपाली बलरहरुले कसिलो बलिङ गरेपछि भारतको पारी १ सय ६६ रनमै समेटिन पुग्यो ।

कुनै समय ९१ रन बनाउँदा केवल २ विकेट गुमाएको त्यसपछि भने भारतको विकेट पतन सुरु भएको थियो । कप्तान दिपेन्द्र सिंह एरी आईतबार बलिङमा पनि चम्किए । १० ओभर बलिङ गरेका दिपेन्द्रले ३९ रन खर्चिएर ४ विकेट लिएका थिए । त्यस्तै भारतलाई अलआउट गर्न पवन सराफ र साहब आलमले समान २-२ विकेट लिए भने कमल सिंह एरि र सन्दिप लामिछानेको नाममा १-१ विकेट रह्यो ।

भारतका लागि हिमान्स रानाले मात्रै सवार्धिक ४६ रन बनाएका थिए । शनिबार बंगलादेशसँग २ रनले हार भोगेको नेपालले अब भारतलाई हराएपछि सेमिफानलमा स्थान बनाउने बाटो खुलेको छ । नेपालले मंगलबार आयोजक राष्ट्र मलेसियासँग खेल्ने छ । आईतबार नै भएको अर्को खेलमा पाकिस्तानले युएईलाई २ सय २६ रनले पराजित गरेको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan