आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
भेटवार्ता
Nov 13, 2017
समृद्ध रामेछाप बनाउन मेरो उम्मेद्वारी, मेरो जित सुनिश्चित छ
सोमबार, कार्तिक २७, २०७४
अमृत बहादुर सुनुवार
प्रतिनिधि सभाका उम्मेद्वार
संघीय समाजवादी फोरम नेपाल

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि विभिन्न दलहरु आ–आप्mनो पक्षमा मतदान गर्न उम्मेदवारहरु चुनाव चिन्ह लिई घर दैलो कार्यक्रममा उत्रिएका छन् यसै सन्दर्भमा रामेछापबाट प्रतिनिधि सभाका लागि संघीय समाजवादी फोरम नेपालका तर्फबाट अमृत बहादुर सुनुवार प्रतिनिधिसभाका लागि उम्मेद्वारको रुपमा अगाडि आउनुभएको छ । उहाँ विभिन्न जातीय संगठनमा पनि आवद्ध हुनुहुन्छ साथै नेपाल आदिवासी जनजाति चलचित्र संघका अध्यक्ष पनि हुनुहुन्छ । प्रस्तुत छ चुनावको लागि के कस्तो तयारी भएका छन् भन्ने यसै सन्दर्भमा हामीले उहाँसँग गरेको कुराकानीको अंशः



– तपाई संघीय समाजवादी फोरम नेपालबाट रामेछापका लागि प्रतिनिधिसभाका चुनावी माहोलमा लाग्नु भएको के कस्तो छ तयारी ?
निश्चय पनि पहिलो चरणको यो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन हुँदैछ मंसिर १० गते त्यसका लागि हामी चुनावी दौडानमा छौ । हाम्रो सबै प्रक्रियाहरु पुरा भएका छन् । र यतिबेला विभिन्न राजनीतिक दलहरु आ–आप्mनो पक्षमा मत ल्याउन लागि परेका छन् । यस सन्दर्भमा संघीय समाजवादी फोरम नेपाल यानिकी मैले प्रतिनिधित्व गरेको पार्टी यतिखेर चुनावी संघर्षमा छौं हरेक जनताको घरदैलोमा पुग्ने प्रयत्न गरिराखेका छौ । अहिले विशेष गरी भेटघाट अन्तरक्रियामा बढी व्यस्त छौं सँगसँगै चुनावी प्रचार सामाग्री निर्माणका कामहरु पनि भइराखेका छन् । अहिले संघीय समाजवादी फोरम नेपालको तर्फबाट कात्तिक १८ गतेदेखि आधिकारी आमसभामा अगाडि बढेका छौ विभिन्न ठाउँमा हामीले आमसभा राखेका छौं अहिले गाउँपालिका नगरपालिका केन्दीकृत स्तरमा ८ ठाउँमा आमसभाको कार्यक्रम तय गरेका छौं । कोणसभा भेटघाट र अन्तरक्रियाको कार्यक्रममा निरन्तरता दिईरहेका छौं ।

– केही समय अगाडि ठुला दलका उम्मेद्वारका आकांक्षीहरुले टिकट पाउनका लागि तँ छाड म छाड गरिरहेको अवस्थामा र पार्टीसम्म फुटाउने खालका कुराहरु भए तपाईको पार्टीमा यस्तो समस्या झेल्नु परेन ?
नेपालका जति पनि मिडियाहरु छन विशेषगरी हाम्रा पत्रकार साथीहरु यानिकी मै हुँ भन्ने ठूला दलहरु संघीय समाजवादी फोरम नेपालमा उम्मेदवरीमा ठूलो कम्पोटेशन होला र ? भन्ने आँकलन पनि हुने गरेको छ होला पनि त्यो खालको व्याख्य विश्लेषणहरु चिया कफी खाँदाखेरी त्यस्ता कुराहरु गर्ने पनि गरेका छन् । होच्च्यार भन्ने पनि प्रवृत्ति छ तर साँच्चिकै भन्ने हो भने सबैभन्दा उम्मेदवारका लागि मारामार हुने यो समयमा संघीय समाजवादी फोरम नेपालभित्र भईराखेको छ । अहिलेकै यो परिस्थितिमा पनि जस्तो यो दोस्रो चरणको निर्वाचनका लागि पनि धेरै आकांक्षीहरु छन साँच्चिकै उम्मद्वार छनौट गर्नका लागि पार्टीभित्रको नेतृत्वमा केही कठिनाई भईरहेको हुन्छ । रामेछापकै सवालमा पनि धेरै साथीहरु उम्मेद्वारका अकांक्षीहरु हुनुहुन्थ्यो ।

– यसबीचमा निकै घम्साघम्सीका बीचमा तपाई उम्मेद्वार चयन हुनुभयो ?
घम्साघम्सी र निकै छलफल पश्चात निकै साथीहरुसँग चाहि बैठक बसियो छलफल गरियो आकांक्षीहरु हुँदाहुँदै पनि सामाजिक रुपमा पनि अगाडि बढेको बुझाईका साथै अब राजनीतिक पार्टीमा पनि विगत लामो समयदेखि निरन्तर रुपमा लागि परेको कारणले पनि पार्टीले मलाई टिकट प्रदान ग¥यो र चुनावी मैदानमा छु र पार्टीले पनि त्यही ढंगको मुल्यांकन गरेको छ । विभिन्न सामाजिक संगठनमा पनि मेरो सहभागीता छ रामेछापकै सन्दर्भमा पनि त्यहाँको सांस्कृतिक प्रवद्र्धनमा पर्यटन प्रवद्र्धनको सन्दर्भमा जनस्तरमा जतिपनि चेतनाको सवालमा मेरो नेतृत्वमा विगतमा पनि निकै लामो कामहरु भईरहेको छ । जस्तो रामेछाप कलाकार समाजको अध्यक्ष हुँदा मेरो कार्यकालमा रामेछाप जिल्ला महोत्सव पनि गरियो त्यो रामेछापको लागि सम्भवत पहिलो थियो । विभिन्न रामेछाप केन्द्रीत कामहरु पनि भईराखेको छ अहिलेको सवालमा पनि खानेपानी, विद्यालय विभिन्न चाहि भौतिक संरचनाहरु सामाजिक सांस्कृतिक क्षेत्रका चाहि कार्यक्रमहरु विभिन्न एनजीओ आइएनजीओ संघ संस्थासँग समन्वय गर्दै त्यो ठाउँमा गर्ने गराउने कामहरु चाहि अहिले गरिराखेको छु ।

– जसको कारण रामेछापबासीहरुले तपाईलाई भोट दिनुपर्छ भन्ने दावी छ स्पष्ट पारिदिनुहोस न जस्तै कांग्रेस, एमाले, माओवादी तथा अन्य दलहरु पनि चुनावी मैदान छन् तपाईलाई नै भोट दिनुको कारण बताईदिनुहोस न ?
साँच्चिकै भन्नु हो भने यतिखेर आवरणमा चाहि बाम गठबन्धनको रुपमा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी एकता गरेर उहाँहरु अगाडि बढ्नुभएको छ । उहाँहरुले चाहि भन्नुभएको छ हाम्रो जित सुनिश्चित छ भन्ने उहाँहरुको त्यो किसिमको अहमता छ । अर्कोतिर लोकतान्त्रिक गठनबन्धन जो कांग्रेसको नेतृत्वमा छ । उहाँहरु पनि हामीसँग हरेक कुराहरु छ । शक्ती छ । सम्पत्ति छ । हामी सत्तामा छौ भन्ने खालको उहाँहरुमा घमण्ड छ यो कारणले हामी चुनाव जित्छौ भनेर आँकलन गरिरहनुभएको छ । उहाँहरु चाहि ठूलो आर्थिक दम पनि देखाउनुहुन्छ त्यस्तो किसिमको भ्रम पनि देखाउनुहुन्छ । त्यस्तो किसिमको कार्यहरु पनि प्रयोग गरिरहनुभएको छ । तर हामी के कुरा विश्वस्त छौ भन्दाखेरी राष्ट्रिय राजनीतिमा चाहि सिद्धान्त त्यो क्षेत्रको जनताहरुलाई कसरी सफलता र समृद्धि बनाउने भन्ने एउटा कार्यक्रमहरु लिएर हामी जाने हो हाम्रो बिचार उहाँहरुमाझ पु¥याउने हो । स्थानीय स्तरमा पनि जनताहरु धेरै सचेत भएका छन् हिजोको अवस्थामा चाहि एक बोतल वियरमा पाँच सय हजार रुपैयाँ पैसामा भोट दिने अवस्था छैन किनभने अहिले भोटर भने धेरै एजुकेटेड छन् । उहाँहरुले सिद्धान्त हेर्नुहुन्छ, पार्टीको सिद्धान्त हेर्नुहुन्छ, उहाँहरुले अहिलेको मुलुभुत रुपमा चाहि कसले के कति कामहरु गर्न सक्छ भनेर उहाँहरुले आँकल गर्नुहुन्छ यसकारले पनि मलाई विश्वास छ अहिले जुन ढंगले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन र एमाले माओवादीको बामगठबन्धनले जुन किसिमको अहमता देखाएर हामी जित्छौ भनेर चाहि जुन चुनावी मैदानमा हुनुहुन्छ उहाँहरुलाई हेरिसके जनताहरुले हिजोको दिनमा पनि विगत लामो समयदेखि नेपाली कांग्रेसलाई भोट दिएकै हो नेकपा एमालेलाई पनि भोेट दिएकै हो र माओवादीलाई पनि भोट दिएकै हो । धेरै लामो समयदेखि जनताहरुले उहाँहरुलाई विश्वास गरेकै हो । उहाँहरुलाई मत दिएर पठाएकै हो । यति लामो समयसम्म पनि उहाँहरुले खास के परिवर्तन ल्याउनुभयो र ? आम जनताहरुको माझमा चाहे त्यो शिक्षाको क्षेत्रमा होस चाहे रोजगारीको क्षेत्रमा होस चाहे त्यो उहाँहरुको सहरीकरणको क्षेत्रमा होस चाहे त्यो सचेतनाको क्षेत्रमा होस खास मुलभुत रुपमा त केही प्रगति भएको देखिन्न अहिले जनताको मुल पिडा त जहिको तहि छ त्यसैले गर्दा उहाँहरुले नयाँ विचार नयाँ सिद्धान्त यो मुलुकलाई चाहि नयाँ निकास दिने खालको रानीतिक पार्टी खोजिराख्नु भएको छ त्यस्तो खालको नेतृत्व खोजिराख्नु भएको छ त्यस्तो खालको व्यक्ति खोजिराख्नुभएको छ । यसकारणले गर्दापनि मलाई विश्वास छ रामेछापका जनताहरुले मलाई मत दिनुहुनेछ मलाई विश्वास गर्नुहुनेछ मैले यही ढंगको चाहि आग्रह गरेको छु आपेक्ष पनि गरेको छु मलाई विश्वास छ रामेछापमा मलाई जनताले विश्वास गर्नेछ । 

– जुन तपाईले आदर्श र सिद्धान्तको कुरा उठाउनुभयो नि अहिले राजनीतिक दलहरु सिद्धान्तमा छैनन भन्ने वहस एकातिर होला यति हुँदाहुँदै पनि एमाले माओवादी नेपाली कांग्रेसले भन्दा तपाईले नेतृत्व गर्नुभएको पार्टी संघीय समाजवादी फोरम नेपालको चाहि यसको अरु पार्टीको तुलनामा मुद्दाको हिवासले सवालको हिसावले अथवा सबै चिजले कुनै फरक छ ? जसले तपाईलाई भोट चाहि त्यहाँको जनताले दिन्छन ?
फरक त स्वभावैले परिहाल्यो पहिलो कुरो त अहिले यो निर्वाचन मुलुकमा संघीयतालाई कार्यान्वयन गर्नको लागि हुँदैछ भन्ने हामीले बुभ्mनुपर्छ । यानिकी नयाँ संविधानको कार्यान्वयनका लागि यो निर्वाचन हुँदैछ । पहिलो पटक नेपालमा यो ढंगको संघीय संरचना निर्माण हुँदैछ हो आम नेपाली जनताले खोजिरहनुभएको संघीयताको संरचना तर संघीयताको नाममा निर्वाचन हुँदैछ संघीयता कसको एजेन्डा थियो ? नेपाली कांग्रेसको नेतृत्वको एजेन्डा हैन यो अहिलेको बाम गठबन्धनको एजेन्डा त हैन यो ०६२÷६३ मा ठूलो जनआन्दोलन भयो ठूलो फड्को मा¥यो नेपाली राजनीतिमा र त्यसको मुल मर्मलाई जो संघीयता थियो त्यसलाई बिर्सेर अन्तरिम संविधानमा सघीयता शब्द नै समावेश गरिएन धर्म निरपेक्षताको सवालमा गरियो समावेसिताको सवालमा गरियो संघीयता भन्ने शब्दलाई अन्तरिम संविधानको पहिलो ड्रप्mटमा सम्बोधन गरिएन र पछि एउटा खालको अहिले जुन हाम्रो संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा एउटा मधेश आन्दोलन भयो आदिवासी जनजाति आन्दोलनहरु भए त्यस पछाडि अन्तरिम संविधानको पहिलो संशोधनमा संघीय भन्ने शब्द थपेर आयो र त्यसैको मुर्त रुप दिनको लागि आज नयाँ संविधानमा पनि संघीयता शब्द राखेर आएको छ त्यसैलाई कार्यान्वयन गर्नको लागि यो निर्वाचन हुँदैछ । यसकारले गर्दाखेरी संघीयताको क्षेत्रमा बलियो एजेन्डा भएको भनेको संघीय समाजवादी फोरम नेपाल नै हो । र अहिले संघीयताबाट के फाइदा भन्ने एउटा पोटो पनि होला कतिपय जनस्तरमा यो संघीयताको राम्रो किसिमको सन्देश पनि पुगिसकेको छैन अहिले केही समय अगाडि स्थानीय तहको निर्वाचन पनि भईसकेको छ । अहिले पूर्ण रुपमा अधिकार प्रत्यायोजन त्यो स्थानीय तहमा नभएता पनि विगत भन्दा केही हदसम्म पुगेको अवस्था छ ।

– संघीय समाजवादी फोरममा जातिय पाटी क्षेत्रीय पार्टीको अरोप पनि त तपाईको पाटीलाई छ नि ? अहिले जुन खालको मुद्दा सवाल छ आदिवासीको सवाल, महिला दलितको सवाल कमजोर ढंगको अवस्थामा तपाईको पार्टीलाई फेरि कसरी जनताले पत्याउने ?
यो राजनीति भन्ने कुरा उत्तरचढावहरु आइरहन्छ र यहाँले भन्नुभयो यो जुन पछिल्लो समय जातीयताको सवालमा यी मुद्दाहरु कमजोर हुँदै गएका छन् भन्ने जुन यहाँले पनि विश्लेषण गर्नुभयो त्यो एउटा पाटो होला तर हामी भन्छौ यो कमजोर भएको छैन । यो मुद्दा उठिसकेको छ र यो मुद्दा तार्किक निष्कर्षमा नपुगुञ्जेलसम्म निरन्तर अघि बढिरहन्छ । यो न कमजोर हुन्छ न सिथिल अवस्थामा हुन्छ । जबसम्म यो मुद्दा सम्बोधन हुँदैन तबसम्म यी क्षेत्रका जनताहरु चाहि लागि पर्नेछन् । यहाँले भन्नुभयो जुन संघीय समाजवादी फोरम नेपाललाई जातीयता कुरा गर्ने क्षेत्रगत कुरा गर्ने जस्तो कसैले मधेशीका पाटी कसैले जातीय पाटी भन्छन् त्यो भन्नेलाई भन्न दिनुपर्छ यो उहाँहरुको बुझाई हो । तर उहाँहरु कति विज्ञ हुनुहुन्छ कति चाहि उहाँले नजिकबाट यो पाटीको नेतृत्वलाई हेर्नुभएको छ यो पार्टीको सिद्धन्तलाई कसरी हेर्नुभएको छ यो उहाँहरुमा भर पर्ने कुरा हो । साँच्चिकै भन्ने हो भने यो मुलुकमा समावेशी पार्टी भनेकै संघीय समाजवादी फोरम नेपाल नै हो यसको विकल्प नै छैन । हिजो आदिवासी जनजातिको अलि बढी लगाव रहेको संघीय समाजवादी पार्टी जस्को नेतृत्व अशोक राईले गर्नुभएको थियो । त्यसैगरी मधेसी समुदायहरुको पार्टी विशेष गरी मेधशमा उहाँहरुले काम गरिराख्नुभएको थियो पार्टी अध्यक्ष उपेन्द्र यादवको नेतृत्व मधेसी जनअधिकार फोरम त्यसैगरी खस समावेसी युवराज कार्की नेतृत्वको पार्टी आज तीन वटा क्षेत्रको पार्टी । हुन त उहाँहरु पनि राष्ट्रिय मुद्दा लिएर नै अगाडि बढ्नुभएको हो । तर त्यस्तो किसिमका चाहि आक्षेपहरु लगाईन्थ्यो अझ त्यहाँबाट उहाँहरु माथि उठेर अहिले सबै क्षेत्रका यहाँ खस नेतृत्वको पार्टी मधेसी नेतृत्वको पार्टी आदिवासी जनजाति नेतृत्वको पार्टी अहिले सम्मिलित भएर एक भएको छ । त्यो भनेको अहिले संघीय समाजवादी फोरम नेपाल भएको छ अब यसलाई पनि फेरी त्यही जातीय पार्टी त्यही क्षेत्रीय पार्टी भन्ने ? यो त राष्ट्रिय पार्टी बनिसक्यो अहिले ७७ वटा जिल्लामा संगठनहरु छन् हरेक निर्वाचनमा भाग लिइरहेको छ ।

– अन्तिममा तपाईलाई जिताउनै पर्ने र जितिहाल्नुभयो भने प्रतिनिधिसभामा तपाई आउनुभयो भने रामेछापको समृद्धिका लागि के कस्तो योजनाहरु तर्जुमा गर्नुभएको छ ?
म अब एउटा राजनीतिक क्षेत्रमा होम्मिएको मान्छे म चाहे त्यो निर्वाचित हौ या नहौला म निरन्तर रुपमा रामेछापको जनता माझ म काम गरिरहनेछु । म निर्वाचनमा जितिसकेपछि यो गर्छु त्यो बढी आश्वासन हुन्छ नजित्दाको खण्डमा पनि जनताले मत दिएका छन् । म निरन्तर आम रामेछापको समृद्धिको सवालमै रहिरहनेछु । तर निर्वाचित हुनु र नहुनुमा धेरै फरक छ । जनप्रतिनिधि हुनु र नहुनुमा धेरै फरक छ । जनप्रतिनिधि भईसकेपछि सारा सत्ताको शक्तिलाई प्रयोग गरेर आम रामेछापको समृद्धिको प्रयोग गर्ने पाटो रह्यो । निर्वाचित नहुँदाको खण्डमा आपूmसँग रहेको सिमित स्रोत साधनको परिचालन गरेर अगाडि बढ्नु त्यसले गर्दा सत्ताको सारा स्रोतहरु प्रयोग गरेर रामेछापलाई समृद्ध बनाउनका लागि रामेछापवासीले निर्वाचित गराउनुपर्छ भन्ने मरो एउटा आग्रह हो र म निर्वाचित भईसकेपछि विशेषगरी रामेछापलाई समृद्ध बनाउनुको सवालमा र त्यहाँको जनतालाई चाहि सरलीकरण गर्ने सवालमा त्यति धेरै लामो बुँदाहरु ल्याई राख्नु जरुरी छैन मुख्य चाहि पहिलो कुरा रामेछाप प्राकृतिक रुपमा धनी छ यो कुराको सदुपयोग गर्नुपर्छ भनाई मतलव के हो भनेको त्यहाँको स्रोतसाधन जे जे छन् त्यो कुरालाई प्रयोग गरेर सदुपयोग गरेर समुन्नत रामेछाप बनाउनेतिर हामी अगाडि बढ्नुपर्छ । त्यसैले रामेछापका जनताहरुले मलाई अमुल्य मत दिई विजयी गराउनुहुनेछ ।
 

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang