आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
आर्थिक
Nov 13, 2017
बुढीगण्डकी आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय मन्त्रिपरिषदद्वारा खारेज
सोमबार, कार्तिक २७, २०७४
काठमाडौं : सरकारले बुढीगण्डकी जलाशययुक्त आयोजना अघि बढाउने विषयमा चाइना गेजुवा वाटर एण्ड पावर ग्रुप कम्पनी लिमिटेडसँगको सम्झौता खारेज गरेको छ ।

कम्पनीसँग १ हजार २ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना विष्तृत डिजाइन, निर्माण र लगानी लगायत बारे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त कम्पनीसँग गरिएको सम्झौता अनियमित र हचुवा भएको भन्दै खारेज गरेको छ ।

निर्णयबारे उपप्रधान तथा उर्जामन्त्री कमल थापाले आफ्नो ट्विटरमा लेखेका छन् 'अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बुढी गण्डकी जलविद्युत आयोजनाको सम्झौता संसदीय समितिहरुको निर्देशन बमोजिम आज बसेको मन्त्रिपरिषद बैठकले खारेज गरेको छ।'

पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले उक्त कम्पनीसँग बुढीगण्डकी निर्माणबारे सम्झौता गरेका थिए। आयोजना सम्बन्धमा मन्त्रिपरिषद तथा उर्जा मन्त्रालयबाट भएको निर्णय नेपालको प्रचलित नियम कानुन सम्बत नदेखिएको, सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको, सरकारले ग्लोबल टेण्डर आह्वान गरी आयोजना निर्माण गर्ने जिम्मा दिनुपर्नेमा अनियमित ढंगले आयोजना चिनियाँ कम्पनीलाई दिएकोमा विभिन्न राजनीतिक दल र संसदीय समितिहरुले पनि सम्झौता खारेज गर्नुपर्ने माग गर्दै आएका थिए।

जलाशययुक्त बुढीगण्डकी निर्माण गर्न सरकारले दुई हजार ७० साल मंसिरमा विकास समिति गठन गरेको थियो । गोर्खा र धादिङको सीमाक्षेत्रमा पर्ने बुढी गण्डकी जलविद्युत आयोजना करिब १ खर्ब ५० अर्ब रुपैयाँको लागतमा २०७७ फागुन १४ गतेभित्र सम्पन्न गरि सक्ने लक्ष्य रहेको छ । सात सय मेगावाट विद्युत् उत्पादनको प्रारम्भिक लक्ष्य राखिएको आयोजनाको क्षमता वृद्धि गरी पछि १२ सय मेगावाट बनाइएको हो ।

गोर्खाको घ्याल्चोक गाविस वडा नं. ९ र धादिङको सलाङ गाविस वडा नम्बर ५ मा करिब २ सय २५ मिटर अग्लो बाँध बाधिने विकाश समितिको अध्ययनमा उल्लेख छ । यति अग्लो ड्याम विश्वमा हालसम्म २२ वटा मात्रै बनेका छन् भने यो बाँध निर्माण पश्चात दक्षिण एसियाकै पहिलो अग्लो बाँधको रुपमा यो बाँध स्थापित हुनेछ । अहिलेसम्म बाँध निर्माणका लागि आयोजना स्थलमा भौगर्भिक परिक्षण सुरुङ अर्थात जियोग्राफिक टेस्ट टनेलको निर्माण कार्य समेत सम्पन्न भइसकेको छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा बुढीगण्डकी जलबिद्युत आयोजनाको लागि मात्रै करिब १० अर्ब १७ करोड रुपैंया बराबरको रकम छुट्टाएको छ । गत आर्थिक वर्षमा सरकारले यसका लागि करिब ५ अर्ब ३३ करोड रुपैंया रकम छुट्याएको थियो ।

- निरबहादुर तामाङ
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa