सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
खेलकूद
Nov 13, 2017
एसिया कप क्वालिफायर्स अन्तर्गत भोलि नेपाल र फिलिपिन्स भिड्दै
सोमबार, कार्तिक २७, २०७४
काठमाडौं : एशियन कप क्वालिफायर अन्तर्गत भोली हुने नेपाल र फिलिपिन्स बिचको खेलका लागि सवै तयारी पुरा भएको छ ।

अखिल नेपाल फुटबल संघले एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने नेपाल र फिलिपिन्सबीचको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको अन्तिम नामावली सार्वजनिक गरेको छ ।

एशियन कप खेल्ने सपना अधुरै रहे पनि नेपाली टोली भोलीको खेलमा घरेलु दर्शक माझ जित आफ्नो पक्षमा पार्ने तयारीमा छ । समुह एफमा रहेको नेपाली टोलीले चार खेल खेलिसक्दा जित हात पार्न सकेको छैन ।

अघिल्लो खेलमा ताजकिस्तान विरुद्ध नयाँ फर्मेशन प्रयोग गरेता पनि सफल हुन नसकेको नेपाली टोलीलाई प्रशिक्षक ग्योतोकी कोजीले पुरानै फर्मेशन फोर-फोर-टु मा खेलाउने बताएका छन् । चोटका कारण देवेन्द्र तामाङ र आदित्य चौधरी टोलीमा समावेश नभएपछि डिफेन्स् लाईन केहि परिर्वतन हुनेछ ।

आफ्नो करियरको अन्तिम अन्तराष्ट्रिय खेल अघि नेपाली टोलीका कप्तान अनिल गुरुङ्गले आफुहरु जितका लागि खेल्ने बताएका छन् । समुहको शिर्ष स्थानमा रहेको फिलिपिन्स आगामी एशियन कपका लागि छनोट हुने उद्देश्य सहित नेपाल आएको छ । फिलिपिन्सले यो खेल जिते आगामी एशियन कप खेल्ने लगभग पक्का हुनेछ ।

मुख्य प्रशिक्षक यतुकि कोजि, सहायक प्रशिक्षक राजुकाजी शाक्य सम्मिलित छनोट समतिले २३ खेलाडीको नामावली घोषणा गरेको हो । फिलिपिन्सविरुद्धको खेलका लागि लामो समय राष्ट्रिय टोलिबाट बाहिर रहेका जगजित श्रेष्ठले टोलिमा पुनरागमन गरेका छन् भने कप्तान अनिल गुरुङले आफ्नो करियरको अन्तिम क्याप लाउने निश्चित भईसकेको छ ।

अभ्यासको क्रममा लिगामेन्ट च्यातिएपछि डिफेन्स् देवेन्द्र तामाङ तीन महिना टोलीबाट बाहिरिने भएका छन् । भोलि हुने फिलिपिन्स्को टोलिमा गालकिपरको रुपमा किरणकुमार लिम्बु, विकेश कुथु र विशाल श्रेष्ठ रहेका छन् । डिफेन्स्मा विराज महर्जन, रोहित चन्द, अनन्त तामाङ, कमल श्रेष्ठ,जितेन्द्र कार्की, राजेन्द्र रावल र दिनेश राजवंशी रहेका छन् ।

२३ सदस्यीय टोलीमा सुजल श्रेष्ठ, विशाल राई, विक्रम लामा, अन्जन विष्ट, जगजित श्रेष्ठ, हेमन गुरुङ, हेमन्त थापा मगर र सुनिल बल मिडफिल्डरको रुपमा रहेका छन् । त्यसैगरी फरवार्डमा भरत खवास, विमल घर्तिमगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ र जर्ज प्रिन्स कार्की छन् ।

यसअघि भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग चार एक गोल अन्तरले पराजित भएको थियो । एएफसी एशियन कप क्वालिफायर्समा फिलिपिन्स ८ अंक सहित शीर्ष स्थानमा छ भने नेपाल १ अंक सहित अन्तिम स्थानमा छ । यमन र ताजकिस्तानको समान ६ अंक छ भने नेपाल प्रतियोगिताबाट बाहिरिइसेको छ । ताजकिस्तानसँग दुवै खेलमा हारेको नेपालले यमनसँग घरेलु मैदानमा गोलरहित बराबरी खेलेको थियो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa