शुक्रबार, ५ असोज, २०७५ (Fri, 21 September, 2018)
खेलकूद
Nov 19, 2017
त्रिभूवन आर्मीलाई पराजित गर्दै हिमालयन शेर्पा प्रथम चन्द्रागिरि गोल्डकपको फाइनलमा, उपाधिका लागि फ्रेण्ड्ससँग भिड्ने
आईतवार, मंसिर ३, २०७४
काठमाडौं : ए डिभिजन टोली हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । चन्द्रागिरी नगरपालिकाको नैकाप मैदानमा आज विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई १–० ले हराउँदै हिमालयन शेर्पा फाईनलमा प्रवेश गरेको हो ।

५६ औं मिनेटमा त्रिदेव गुरुङले गरेको गोल नै खेलको निर्णायक बनेको थियो । हिमालयनका गोलकिपरले रिजिल गरेको बलमा आर्मी रक्षकहरुका बीचमा तालमेल नमिलेपछि त्यसको फाइदा उठाउँदै त्रिदेवले चिपमा गोल गरेका थिए । आर्मीको सिनियर टोली हिजो मात्र एपिएफलाई हराउँदै झापाको झिलझिलेमा जारी सताक्षी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको थियो । यता चन्द्रागिरीमा भने जुनियर टोली ए डिभिजन टोली जावलाखेल युथ क्लबलाई पेनाल्टीमा ५–३ ले हराउँदै सेमिफाइनल पुगेको थियो ।

हिमालयन शेर्पाले नेपाल एपिएफको बी टोलीलाई ३–० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको थियो । अब मंगलबार हुने फाइनलमा हिमालयन शेर्पाले अर्को ए डिभिजन क्लब फ्रेन्ड्सको सामना गर्नेछ । ब्राइट युथ क्लबको आयोजना तथा नेपाल जनरल मार्केट (हिरा) को मुख्य प्रायोजन, चन्द्रागिरी नगरपालिका, युनाइटेड सिमेन्ट प्रायोजक रहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख र दास्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले समान ३० हजार पाउनेछन् ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan