मनोरञ्जन वार्ता
Nov 27, 2017
म रंगमञ्च मै आत्मसन्तुष्टी पाउँछु
सोमबार, मंसिर ११, २०७४
अशोक शिवाकोटी
कलाकार तथा निर्देशक
२०३७ साल पौष ४ गते मोरङ जिल्लाको दर्बेशा गा.वि.स हाल रंगेली नगरपालिका रञ्जनीमा पिता चन्द्रप्रसाद शिवाकोटी तथा माता दिब्यश्वरी शिवाकोटीको जेष्ठ सुपुत्रको रुपमा जन्मनु भएका रंगकर्मी अशोक शिवाकोटीसँग गरिएको कुराकानीको सम्पादित अंशः
– तपाई अभिनय क्षेत्रमा कहिलेदेखि र कसरी लाग्नुभयो ?
म आठ बर्षको उमेरदेखि रेडियो नेपालमा बाल कलाकारको रुपमा रेडियो नाटकहरु खेलेर अभिनय क्षेत्रमा प्रवेश गरेको हुँ । मैले करीव आठ वर्षसम्म निरन्तर रुपमा अनगिन्ती रेडियो नाटकहरु बिषेश गरी हातेमालो रेडियो नाटकहरु खेले । आफु बालक हँुदै बाल क्लब गठन गरेर नाटकको माध्यमबाट विभिन्न सामाजिक बिषयहरुमा जनचेतनामूलक सडक तथा रङ्गमञ्च नाटक अभियानहरु सञ्चालन गर्न थाले । त्यही बेलामै नेपालमा पहिलो र दोस्रो राष्ट्रिय बाल नाटक महोत्सवको आयोजना गरें ।
– तपाईले अभिनय गर्नुभएको मुख्य नाटकहरु के के हुन ?
सानैदेखि आप्mनो समुहलाई नाटक निर्माण र मञ्चनको अभियानको नेतृत्व गर्थें । आफैं स्क्रिप्ट लेख्ने, निर्देशन गर्ने र अभिनय समेत गर्थें । जसमध्ये विजय, यमराजको अन्त्य, मुक्ति, आप्mनो ज्यान, खोई नाटक, सुर, अर्को प्रयास(सांकेतिक नाटक), स्याडो (छायाँ), अब रुँदैन देश, कलिला बुद्धहरु आदि । अन्य निर्देशकहरु भानु भारतीको अन्धो युग, विजय विष्फोटको शक्ति र शान्ति, बुर्की, मुर्दाहरुको महाभोज, कृष्ण शाहयात्रीको बिस्थापन, आवाज, निर्वासित मनहरु, मृत्यु सम्पादन, बहुलाकाजीको सपना, आवरण अनावरण, किशोर अनुरागको मृत्यृ सम्पादन, क्रमश मृत्युहरु, क्रमश कथाहरु, कथा सारंगी गाउँको, जंगे पिलर, उद्धव अविदितको शहिद रोएको देश, नवराज बुढाथोकीको बुईगल भएको घर, अन्तिम गीत, आले, रंगहरु लगायत एकल नाटक हर्कबहादुर, कान्छी भट्टी र देश, झण्डाको खेती आदि मैले अभिनय गरेका प्रमुख नाटकहरु हुन ।
– हाल के गरिरहनु भएको छ ?
हाँस्य टेलिचलचित्र कमेडिको झड्काको १८ भागसम्म लेखन र निर्देशन गरिसकेर भर्खर अर्को हँस्य टेलिश्रृंखला टपर टुईयाँको लेखन र निर्देशन कार्य गरिरहेको छु ।
– अभिनय क्षेत्रमा लागेर कत्तिको बाँच्न सकिन्छ ?
अभिनय क्षेत्रमा लागेर बाँच्न नसकिने भए हालसम्म कोही पनि अभिनेता वा अभिनेत्री यो पेशामा हुँदैन थिए होला । हजारौ कलाकार सम्मानित जीवन बाँचिरहनु नै अभिनय मात्र गरेर पनि धेरैले आप्mनो जीवन गुजारा गर्न सक्छन भन्ने कुराको प्रमाण हो ।
– चलचित्र र रंङ्गमञ्च मध्ये कुनमा काम गर्न मन पराउनु हुन्छ ?
म रंङ्गमञ्चमै आत्म सन्तुष्टी पाउँछु । तर चलचित्र वा टेलिफिलिमले कलाकारहरुलाई धेरै दर्शक माझ चाँडो पु¥याउँछ ।
– नाटक भनेको के हो ?
नाटक भनेको जीवन हो । जीवनका छानिएका केही अंश वा घट्ना नै मञ्चमा जीवन्त रुपमा प्रस्तुत गर्ने हो । तर यसको उद्देश्य हुनुपर्दछ ।
– पाठक तथा अभिनय क्षेत्रमा लाग्न चाहानेलाई के भन्न चाहनु हुन्छ ?
अभिनय सिक्नु र गर्नुको उद्देश्य पैसा कमाउन मात्र होईन । यसले व्यक्तित्व विकास गराउँछ । बोल्ने सीप, विभिन्न चरित्रहरुलाई आत्मसात गर्ने वा अरुलाई बुभ्mने क्षमताको विकास, अनावश्यक लाज डर हटाई हरेक कुरालाई बुभ्mने र बिष्लेषण गर्ने क्षमता, समुहमा घुलमिल हुने, नेतृत्व गर्ने आदि क्षमताको विकास गराउने हुनाले हरेक क्षेत्रका व्यक्तिले अभिनय सिक्न जरुरी छ र सबैलाई एक पटक अवश्य अभिनय गर्नुस भन्न चाहन्छु ।

प्रतिक्रियाहरु
अरु समाचारहरु
संक्षिप्त समाचार
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com
E-mail: akhabartimes@gmail.com

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com
E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli,
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan,
Sangam Gurung, Chandra Bahadur Ghale
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli,
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan,
Sangam Gurung, Chandra Bahadur Ghale