शुक्रबार, २९ मंसिर, २०७४ (Fri, 15 December, 2017)
आर्थिक
Nov 27, 2017
शेयर बजार परिसूचक नेप्से ओरालो लागे पनि कारोबार रकममा वृद्धि
सोमबार, मंसिर ११, २०७४
काठमाडौं : शेयर बजार परिसूचक नेप्से ओरालो लागे पनि कारोबार रकममा वृद्धि हुने प्रवृत्ति आज पनि कायम रह्यो ।

हिजो नेप्सेमा २१ दशमलव शुन्य ५ अंकले वृद्धि हुदै करिब ५९ करोड रुपैंया बराबरको कारोबार भएको थियो । हिँजोको तुलनामा आज शुन्य दशमलव ६ शुन्य अंकले गिरावट आउँदा कारोबार रकममा भने करिब ८ करोड रुपैंयाले वृद्धि भएको छ ।

झिनो अंकले गिरावट हुँदै आज शेयर बजार परिसूचक नेप्से १ हजार ५ सय १३ दशमलव ७ चार अंकको विन्दुमा पुगी कारोबार बन्द भएको छ । कुल १ सय ५९ कम्पनीको करिब ६६ करोड ९८ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको नेप्सेमा आज १२ लाख ९८ हजार २ सय ९८ कित्ता सेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएका ९ वटा समूहमध्ये ३ वटामा वृद्धि देखियो भने बाँकी समूहका सूचकमा गिरावट आएको छ । सबैभन्दा धेरै जलबिद्युत समूहमा २४ दशमलव १ अंकले वृद्धि भएको छ । त्यसैगरी होटेल समूहमा ३५ दशमलव २ तिन अंकको गिरावट आएको छ । कारोबार रकममा आज चिलिमे जलबिद्युतले अग्रता लिएको छ । जसको ६ करोड ४८ लाख रुपैयाँभन्दा माथिको सेयर खरिदबिक्री भएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang