शनिबार, १२ जेष्ठ, २०७५ (Sat, 26 May, 2018)
आर्थिक
Nov 27, 2017
अव्यवस्थित रहँदै आएको बस्तु विनिमय बजार अब व्यवस्थित बन्ने दिशामा उन्मुख
सोमबार, मंसिर ११, २०७४
काठमाडौं : नियमनकारी निकाय तथा आवश्यक नीति नियमको अभावमा अव्यवस्थित रहँदै आएको बस्तु विनिमय बजार अब व्यवस्थित बन्ने दिशामा उन्मुख भएको छ ।

नेपाल धितोपत्र बोर्डले बस्तु विनियम बजार सम्बन्धी नियमावली बनाई लागु गरेसँगै वस्तु विनिमय बजार व्यवस्थित हुने दिशामा उन्मुख भएको हो । सरकारले गत भदौ ११ गते देखि लागू गरेको बस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ लागु गर्दै धितोपत्र बजारको साथै वस्तु विनिमय बजारको नियमन, अनुगमन तथा त्यस सम्बन्धी सम्पूर्ण जिम्मेवारी धितो पत्र बोर्डलाई दिएपछि बस्तु विनिमयको बजार व्यवस्थित हुने भएको हो ।

बोर्डले सोमबार पत्रकार सम्मेलन गरि वस्तु विनिमय बजार सम्बन्धी ऐन २०७४ अनुसार नियमावली बनाईएको र सो नियमावली आजैका मिति देखि लागु भएको जनाएको छ । बोर्डले नियमावली लागु गरेसँगै अब वस्तु विनिमय बजार संचालन गर्न चाहनेले बोर्डबाट स्वीकृति लिनुपर्ने छ ।

त्यसैगरी वस्तु विमिय बजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्ता पूँजी ५० करोड रुपैया हुनुपर्ने छ । यो नियमावली लागु भएसँगै कसैले पनि वस्तु विनिमय बजारको कूल शेयर पूँजीको ५ प्रतिशत भन्दा बढी शेयर स्वामित्व ग्रहण गर्न पाईने छैन ।

अव व्यवसायीले कारोबार पुर्व वस्तु करार तयार गरी बोर्डमा दर्ता गर्नुपर्नेछ । वोर्डको निर्देशन अनुसार काम नभएमा १० लाख सम्म जरिवाना वा ५ बर्ष सम्म कैद हुन सक्ने व्यवस्था पनि नियमावलीमा गरिएको छ ।

नियमावली आएपछि नेपालको वस्तु विनिमय बजार स्पष्ट नियमनको दायरामा आई बजार नियमित, व्यवस्थित र विश्वसनीय स्वच्छ तथा पारदर्शी हुने तथा लगानीकर्तालाई लगानी विविधिकरणको लागि नयाँ क्षेत्र खुल्ने अपेक्षा वोर्डले गरेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale