आईतवार, ९ बैशाख, २०७५ (Sun, 22 April, 2018)
आर्थिक
Nov 27, 2017
नेपालका ८ क्षेत्रीय सहर विकाशका लागि एडिबीले १५ अर्ब ४० करोड रुपैयाँ ऋण सहायता गर्ने
सोमबार, मंसिर ११, २०७४

काठमाडौं : एसियाली विकास बैकले विभिन्न आठ नगरपालिकाको शहरी विकासका लागि १५ अर्ब ४० करोड रुपैया ऋण सहायता गर्ने भएको छ ।

विरगञ्ज, विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज, भिमदत्त, धनगढी, गोदावरी र शुक्लाफाँटा नगरपालिकाको शहरी विकासका लागि एसियाली विकास बैकले ऋण सहायता उपलब्ध गराउन लागेको हो ।

अर्थमन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र एसियाली विकास बैकका नेपाल प्रमुख मुख्तोर खामुदखानोभले ऋण सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

एसियाली विकास बैकले उपलब्ध गराउने ऋण सहायता रकमको आठ बर्ष सम्म सय कडा १ प्रतिशत र त्यसपछि १ दशमलब ५ प्रतिशत व्याज नेपालले तिर्नुपर्ने छ । आयोजना अन्तर्गत बाढी नियन्त्रण र रोकथामका संरचना, ढल निकास, सडक निर्माण, फुटपाथ बन्ने अर्थ सचिव शंकर प्रसार अधिकारीले जानकारी दिनुभयो ।

शहरी विकास तथा भवन निर्माण विभागको नेतृत्वमा रहेर ३१ डिसेम्बर २०२२ भित्र आयोजना सम्पन्न गरिने सम्झौतापत्रमा उल्लेख छ ।

- जंगबहादुर बम्जन


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale