बुधबार, २६ मंसिर, २०७५ (Wed, 12 December, 2018)
खेलकूद
Nov 27, 2017
१६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपमा प्राइम र पुष्प सदन च्याम्पियन
सोमबार, मंसिर ११, २०७४
काठमाडौं : प्राइम कलेज र पुष्प सदन १६ औं ज्ञान निकेतन कप बास्केटबल च्याम्पियनसिपमा च्याम्पियन बनेका छन् । प्राइम प्लस टु ब्वाइज तथा पुष्प सदन जुनियर ब्वाइजमा पहिलो भए । प्लस टु ब्वाइज फाइनलमा प्राइमले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५७–४७ ले पराजित गरयो । प्राइमका प्रज्ज्वल महर्जनले २२ स्कोर गरे ।

सुरुका दुई क्वाटरमा १२–६ र १५–१० को अग्रता लिएको प्राइम तेश्रोमा १४–१७ ले पछि परयो । अन्तिम तथा चौथो क्वाटर प्राइमले १६–१४ ले आफ्नो पक्षमा पारयो । जुनियर ब्वाइज फाइनलमा पुष्प सदनले नेरिकमाथि ४१–२२ को सहज जित दर्ता गरयो । पुष्प सदनका रोजिन महर्जनले उत्कृष्ट प्रदर्शन गर्दै २८ स्कोर गरे । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय प्रज्ज्वल र रोजिन आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई ज्ञान निकेतनका प्रिन्सिपल शेरबहादुर कुँवर, संरक्षीका लीला कुँवर, को–ओर्डिनेटर सञ्जयजित कुँवर र सिनियर एकाउन्टेन मीरा थापा, माफका सचिव राजन आचार्य लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

ज्ञान निकेतन बास्केटबलको प्लस टु ब्वाइजमा ८ तथा जुनियर ब्वाइजमा १२ टिम सहभागी थिए । माफ बास्केटबलको सिनियर ब्वाइजमा १२ तथा सिनियर गल्र्समा ८ टिमले भाग लिएका थिए । प्रतियोगिता अन्तर्गत ज्ञान निकेतन बास्केटबल ज्ञान निकेतन स्कुल तथा माफ बास्केटबल म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) ले आयोजना गरेको हो ।

मंसिर २ गतेदेखि एकैसाथ सुरु भएको लिग कम नकआउट प्रतियोगिता शंखमूलस्थित ज्ञान निकेतनको कोर्टमा भएको थियो ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan