आईतवार, ९ बैशाख, २०७५ (Sun, 22 April, 2018)
खेलकूद
Nov 27, 2017
आईसीसी महिला विश्व टी-ट्वेन्टी एसिया क्वालिफायर्सको प्ले अफमा नेपालद्वारा हङकङ ३६ रनले पराजित
सोमबार, मंसिर ११, २०७४
काठमाडौं : आईसीसी महिला विश्व टि-ट्वेन्टी एसिया क्वालिफायर्स अन्तर्गत तेश्रो स्थानको लागि भएको प्ले अफमा नेपालले हङकङलाई पराजित गरेको छ ।

थाईल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले हङकङलाई ३६ रनले पराजित गर्दै तेश्रो स्थान हाँसिल गरेको हो । प्रतियोगिताको शिर्ष दुई टोलीमा रहने राष्ट्रले मात्र नेदरल्याण्डस्मा हुने ग्लोबल क्वालिफायर्समा सहभागी हुन पाउने छन् ।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याउने क्रममा हङकङको समग्र टोली १९ दशमलब ५ ओभरमा ५८ रनको योगफलमा समेटिएको थियो । करुणा भण्डारी ३ तथा सबनम राई, सरिता मगर, नेरी थापा र रितु कनौजियाले समान एक-एक विकेट लिएका थिए ।

हङकङको ब्याटिङमा च्यान सौ हारले १३ तथा के वाई च्यानले ११ रन बनाउनु बाहेक अन्य ब्याट्स वीमेनले दोहोरो अंकको रन जोड्न सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले नेरी थापाको सर्वाधिक ३८ रनको मद्दतमा बीस ओभरमा पाँच विकेट गुमाएर ९४ रनको योगफल तयार पारेको थियो ।

हङकङबिरुद्ध ब्याटिङ र बलिङ दुबैमा महत्वपूर्ण योगदान गरेकी नेरी थापा खेलको वीमेन अफ दि म्याच घोषित भईन् । नेदरल्याण्डसमा हुने ग्लोबल क्वालिफायर्सका लागि थाईल्याण्ड र युएई छनोट भईसकेका छन् । सोमबारै भएको फाइनल खेलमा भने थाइल्याण्डले यूएइलाई २२ रनले पराजित गर्यो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale