आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
समाचार
Nov 28, 2017
प्रधानमन्त्रीको चुनावी सभा नजिकै तुल्सीपुरमा बम पड्काइयो, ओलीको सम्बोधनस्थल नजिकै ललितपुरमा पनि बम विष्फोट
मंगलवार, मंसिर १२, २०७४
काठमाडौं : निर्वाचनको मिति नजिकिदै जाँदा विभिन्न स्थानमा वम विस्फोटका घटना दोहोरिइरहेका छन । आजै दाङको तुलसीपुरमा बम विस्फोट भएको छ । तुलसीपुरमा रहेको न्यू शाही इन्टरप्राइजेट नजिकै बम विस्फोट हुदा सात जना घाइते भएका छन । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

पसल बाहिर रहेका सर्वसाधारणलाई बमको छर्रा लागेर घाइते भएको प्रहरी प्रमुख मधुप्रसाद पुडासैनीले जानकारी दिए । दाङको तुलसीपुरमा भइरहेको नेपाली काग्रेसको चुनावी सभालाई तर्साउने गरी बम विस्फोट गराइएको प्रहरीको भनाई छ । बम विस्फोटन हुँदै गर्दा सभालाई नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले सम्वोधन गर्दै थिए ।

उता कांग्रेस नेता तथा प्रतिनिधि सभाका लागि झापा क्षेत्र नम्वर ३ का उमेद्वार कृष्णप्रसाद सिटौलाको चन्द्रगढीस्थित घरको पर्खालमा पनि आजै वम विस्फोट गराइएको छ । गएराति १ बजे घरको दक्षिणी पर्खालमा सुतली बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यस्तै झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको घर छेऊमा भेटिएको सुतली बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । मंगलवार बिहान पोखरेलको घर अगाडी शंकास्पद वस्तु फेला परेपछि गाउँलेले प्रहरीलाई खबर गरेका थिए । घटनाको जानकारी पाउने बित्तिकै पुगेको नेपाली सेना कालीबहादुर गण चार आलीको टोलीले बम डिस्पोज गरेको हो ।

त्यस्तै नेपाली कांग्रेस उदयपुरका उम्मेदवारलाई लक्षित गरी राखिएको बम गएराती विष्फोट हुँदा गोठमा रहेका वस्तुहरु घाइते भएका छन । प्रदेशसभा सदस्यका कांग्रेस उम्मेदवार हिमाल कार्कीको घर नजिकको गोठमा राखिएको बम विस्फोट भएको हो । यसअघि जिल्लाको पश्चिमी क्षेत्र उदयपुरगढी गाउँपालिका ७ नेपालटारबजारमा बाम गठबन्धनको चुनावी सभालाई लक्षित गरि बम विस्फोट गराइएको थियो ।

प्रतिनिधिसभा क्षेत्रनं २ का वामगठबन्धनका उम्मेदवार सुरेस राई र सोही क्षेत्रको प्रदेश १ का उमेदवार नारायण बुर्जा मगरलाई लक्षित गरी वम विस्फोट गराइएको थियो ।।

यस्तै राजधानीको ललितपुरको लगनखेल नजिकै आज दिउसो दिउँसो बम विस्फोट गराइएको छ । आज दिउसो वाम गठबन्धनको सभालाई लक्षित गरेर नजिकै विस्फोट गराए पनि कुनै क्षति नभएको प्रहरीले जनाएको छ । सभामा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका बेला विस्फोट भएको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी गणेश ऐरले लगनखेलस्थित नमुना मछिन्द्र उच्च मावि पछाडी बम विस्फोट भएको तर कुनै मानवीय क्षति भने नभएको बताए । बम विष्फोटका कारण स्थानीय नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयको ७ वटा झ्यालको सिसा फुटेको छ । विद्यालय नजिक भएको विस्फोटका कारण जमिन खाल्डो परेको छ । घटनाको कसैले जिम्मा लिएको छैन ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang