बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
देश
Nov 28, 2017
सबै क्षेत्रका मतपेटिका संकलन भैसकेको निर्वाचन आयोगको भनाई, तीन घेराको सुरक्षा निगरानी
मंगलवार, मंसिर १२, २०७४
काठमाडौं : पहिलो चरणमा निर्वाचन भएका ३२ वटा जिल्लाको मतपेटीका संकलनको काम सकिएको निर्वाचन आयोगले जानकारी दिएको छ । १० गते आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भएका ३२ वटा जिल्लाका २ हजार ९ सय १७ मतदान केन्द्रहरुबाट मतपेटीका संकलनको काम सकिएको आयोगले जनाएको छ ।

डोल्पा जिल्लाका ९ वटा मतदान केन्द्रबाट भने मौसमका कारण मतपेटीका संकलन गर्न नसकिएको आयोगले बताएको छ । ती स्थानबाट बुधबार मात्र मतपेटीका सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यलयमा ल्याइने छ । यसरी संकलन गरि ल्याइएका मतपेटीकाहरु चार वटा सुरक्षा घेराका विच राखिने छ ।

ताप्लेजुङमा सर्वदलीय सहमतिमा मतपेटीका राखिएको स्थानमा सिसी क्यामरा राखिएको छ भने दलका प्रतिनिधिहरु पनि सोही स्थानमा बस्ने सहमति भएको छ । जाजरकोटमा ३० घन्टाको पैदल यात्रा गरी मतपेटीका संकलन गरीएको छ भने सुरक्षाका लागि काँडेतारको घेरामा नेपाल प्रहरी सस्रत्र प्रहरी र नेपाली सेनाले गर्ने भएको छ ।

यता संखुवासभामा सिसी क्यमरा र राजनीतिक दलको रोहबरमा सबै सुरक्षा निकायको सुरक्षामा मतपेटीका राखिएको छ । रामेछापमा पनि सबै सुरक्षा निकायका साथमा सिसि टीभि राखिएको छ भने मतपेटीका राखिएको स्थानमा शिलबन्दी गरिएको छ ।

कालिकोट सिन्धुपाल्चोक नुवाकोट भोजपुर रोल्पा लगायतका जिल्लामा पनि सिसि टिभी राजनीतिक दलका प्रतिनिधि र सबै सुरक्षा निकायको रोहबरमा मतपेटीका राखिएको छ । निर्वाचन आयोगले मतपेटीकाको सुरक्षालाई लिएर आशंका नगर्न आग्रह गरेको छ ।

२१ गते दोस्रो चरणको निर्वाचन भए पछि मात्र सबै स्थानको मत गडना एकै पटक हुने छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि निर्वाचन भएको थियो ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa