बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
समाचार
Nov 28, 2017
बाम गठबन्धन सरकारले शुसासन, पारदर्शीता र भ्रष्टाचार अन्त्य गर्छ : ओली
मंगलवार, मंसिर १२, २०७४

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं क्षेत्र नम्बर १ मा बाम गठबन्धनका प्रतिस्पर्धी उम्मेद्वार कमजोर रहेको टिप्पणी गरेका छन् ।

आज काठमाडौंको नयाँ वानेश्वरमा आयोजित वाम गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई थाकेका र विवेकशील साझा पार्टीका उम्मेदवार रवीन्द्र मिश्रलाई केटाकेटी उम्मेदवारको संज्ञा दिएका छन् ।

अध्यक्ष ओलीले राजनीतिक दलको नीति हेरेर निर्णय गर्न मतदातालाई आग्रह गरेका छन् । शुसासन, पारदर्शीता र भ्रष्टाचार रहित प्रणाली नै वास्तवमा लोकतन्त्र भएको भन्दै उनले अब बन्ने बाम गठबन्धनको सरकारले भ्रष्टाचारको अन्त्य गर्ने दाबी समेत गरे ।

सभामा नेकपा माओवादी केन्द्रका नेता एवं विना विभागीय मन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनको बहुमत आउने दाबी गरे ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa