आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
समाचार
Nov 28, 2017
अबको लडाई जनतालाई सर्वमान्य ठान्ने लोकतन्त्र बचाउने कि दमनकारी कम्युनिष्ट शासन
मंगलवार, मंसिर १२, २०७४
रुपन्देही : प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचन नेपाली जनताको भाग्य निर्माण गर्ने निर्वाचन भएकोले संयमता अपनाएर मतदान गर्न आग्रह गरेका छन् ।

आज रुपन्देहीको सालझण्डीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले अबको लडाई जनतालाई सर्वमान्य ठान्ने लोकतन्त्र बचाउने कि दमनकारी कम्युनिष्ट शासन ल्याउने भन्ने जनताले निर्णय गर्नुपर्ने बताए ।

सभामा बोल्दै कांग्रेस वरीष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्षको राजनीतिक अस्थिरता हटाउन ल्याएको संविधानको मसी नसुक्दै एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले कम्युनिस्ट शासन ल्याउन गठवन्दन गरेर जानु जनतामाथिको घात र अपमान भएको आरोप लगाएका छन् ।

चुनावी सभालाई महामन्त्री शशांक कोइराला नेता बालकृष्ण खाड, विनोद चौधरी, पुष्पा भुसाल लगायतका नेताले सर्वसत्तावादी शाशन आउन नदिन जनताको साथ र सहयोग आवश्यक रहेको बताएका थिए । आज नै प्रधानमन्त्री देउवाले तनहुँ, कपिलबस्तु र दाङमा भएको चुनावी सभालाई सम्बोधन गरेका छन् ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang