आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
देश
Nov 28, 2017
एकैदिन ६ स्थानमा आयोजित चुनावी सभामा सहभागी शिर्ष नेताहरु
मंगलवार, मंसिर १२, २०७४
काठमाडौं : पहिलो चरणमा झै दोस्रो चरणमा पनि शीर्ष नेता चुनावी प्रचारप्रसारमै ब्यस्त छन् । आफ्नो निर्वाचन क्षेत्रमा हार्ने वा जित्नेको परवाह नगरी देशब्यापी अभियानमा पार्टीलाई जिताउन लागिपरेका हुन् । एकैदिन ६ स्थानमा आयोजित चुनावी सभामा सहभागी उनीहरु एकले अर्कालाई दोषारोपण गर्न भने छोडेका छैनन् ।

आज मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवा ६ स्थानमा पुगेर चुनावी सभामा सहभागी भए । तनहुँको मिरलुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको तौलिहवा र दाङको तुलसीपुर, घोराही र लमही पुगेर कांग्रेसको पक्षमा भोट मागे ।

चुनावी कार्यक्रममै बम विस्फोट हुँदा समेत त्यसको परवाह नगरी देउवा चुनावी सभामा भाग लिइरहेका छन् । यो निर्वाचनलाई जीवन मरणको सवाल बनाएको कांग्रेसले कम्युनिष्टले जिते तानाशाही ब्यवस्था आउने र प्राप्त उपलब्धी गुम्ने भन्दै भोट मागिरहेको छ ।

कांग्रेस सभापति झै एमाले अध्यक्ष केपी ओली पनि एकैदिन आधा दर्जन स्थानमा पुगेर चुनावी सभालाई सम्वोधन गरिरहेका छन् । हरेक दिन देशब्यापी चुनावी अभियानमा सक्रिय ओली आफ्नो क्षेत्र झापा ५ भन्दा अन्य स्थानलाई बढी महत्व दिदै आएका छन् । एमालेले पनि आफुले जिते स्थायित्व र समृद्धि आउने अरुले जिते मुलुकको विकास नहुने भन्दै भोट मागिरहेको छ ।

तर देउवा र ओलीको तुलनामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल देशब्यापी अभियानमा भन्दा आफ्नो क्षेत्रमा केन्द्रीत छन् । भने नयाँ शक्तिका संयोजक बावुराम भट्टराईदेखि दोस्रो वरियताका नेताहरु आफ्नै क्षेत्रमा केन्द्रीत छन् ।

पहिलो चरणको निर्वाचनको लागि कार्तिक २५ गते ताप्लेजुङ, पाँचथर र सोलुखुम्वुबाट अभियान सुरु गरेका कांग्रेस सभापति देउवाले दोस्रो चरणमा निर्वाचनमा आधा दर्जन ठाउँमा एकैदिन पुगेर भएपनि सवै जिल्लामा पुग्ने कार्यतालिका बनाएका छन् । उनको जस्तै एमाले अध्यक्ष केपी ओलीको पनि उस्तै ब्यस्त तालिका छ ।

हेलिकप्टर लिएर दिनभर चुनावी कार्यक्रममा ब्यस्त हुने नेताहरुले हेलिकप्टरको खर्च भने पार्टीले तिर्ने बताएका छन् । पहिलो चरणमा भन्दा दोस्रो चरणलाई अझै महत्व दिएर जिल्ला जिल्लामा पुगेका शीर्ष नेताहरुको अभियानलाई जनताले कसरी लिएका छन् त्यो भने प्रतिक्षाको विषय बनेको छ ।।

 - लक्ष्मीकिशाेरी पराजुली
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan