आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
देश
Nov 28, 2017
आचारसंहिता विपरित काठमाडौंका विभिन्न स्थानमा राजनीतिक दलका प्रचार सामग्रीले भरिभराउ
मंगलवार, मंसिर १२, २०७४
काठमाडौं : निर्वाचन आयोगले केहि दिनअघि काठमाडौंको क्षेत्र नं ४ को कुटुबहाल, चाबहिल लगायतका क्षेत्रमा आचार संहिता विपरीत झुन्डाइएको प्रचार सामग्री हटायो।

आचारसंहिता पालनाको अनुगमनमा पुगेका निर्वाचन आयोगका आयुक्त सधिर कुमार शाहले आचारसंहिता विरपरीत टाँगिएका प्रचार सामग्री सबै स्थानबाट हटाइने बताएका छन् ।

तर निर्वाचन आयोगले यस्ता प्रचार सामग्री हटाउने बताए पनि काठमाडौंका विभिन्न स्थानमा राजनीतिक दलले टाँगेका प्रचार सामग्रीले आचारसंहितालाई गिज्याइरहेका छन् । आज काठमाडौंका केहि स्थानमा यस्तै देखियो ।

ललितपुरको कुपण्डोलमा सबै राजनैतिक दलका प्रचार सामग्री छ्याप्छ्याप्ती देखियो । निजी घरका भित्ता, पर्खाल, सार्वजनिक भवन, बिजुलीका पोलमात्र होइन, विद्यालयका भित्तामा समेत दलका प्रचार सामग्री टाँसिएको भेटिएको छ ।

खासगरी प्रमुख राजनितीक दल कांग्रेस, एमाले, माओवादी केन्द्र, नयाँ शक्ति लगायतका दलका प्रचार सामग्रीले सडक बजार भरिएका छन् । यस्तै पुल्चोकमा पनि राप्रपा र संघीय समाजवादी फोरमको प्रचार सामग्री टाँसिएको पाइयो।

यस बाहेक सबैजसो राजनीतिक दलहरुले आचारसंहिता विपरित प्रचार सामग्रीले राजधानी उपत्यकाका अधिकांस स्थान रंगाएका छन् ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan