आईतवार, ७ माघ, २०७४ (Sun, 21 January, 2018)
आर्थिक
Nov 28, 2017
तरकारी उत्पादक र उपभोक्ताको बीचमा मूल्यमा यति ठूलो भिन्नता किन हुन्छ ?
मंगलवार, मंसिर १२, २०७४
काठमाडौं : तरकारीको मुल्य बेलाबखत आकासिंदा बिचौलियाले बढी पैसा खाए भन्ने हल्ला चल्नु स्वभाविक नै हो । तर के तरकारीको मूल्य वृद्धि हुँदा मात्र बिचौलियाले बढी पैसा खाएका हुन्छन् अथवा अन्य समयमा पनि तरकारीको बजार चक्रमा बिचौलिया हाबी भएका हुन्छन् ।

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिलाई प्रश्न गर्दा बजार चक्रमा रहेको विचौलियाहरुको विभिन्न तहले गर्दा किसानले सस्तोमा बेच्ने र ग्राहकले महँगोमा किन्न परेको जवाफ दिए । बजार अभ्यासले गर्दा पनि खेतदेखि भान्सासम्म पुग्दा तरकारीको मूल्य अत्यधिक बढ्ने गरेको समितिको भनाई छ ।

किसानले हार्भेस्टिङका लागि आधुनिक प्रविधि प्रयोग नगर्दा र बजार लागत बढी हुँदा पनि तरकारीको मूल्य धेरै भएको समितिको धारणा छ । खरिद गरेर ल्याएको सम्पूर्ण तरकारी विक्री नहुँदा खेर जाने भएकोले त्यसको भरपाइका लागि बढी मूल्य लिने गरेको व्यवसायीले पनि स्वीकारेका छन् ।

केही दिन अगाडिसम्म तरकारीको मुल्यले आकाश छो एपनि हाल तरकारीको मुल्य केही घटेको छ । मूल्य बढेको समयमा मात्र चर्चा चलाउने र अलि सस्तो भएको बेला फेरि चुप लाग्ने प्रवृत्तिका कारण मुख्य समस्या भने जहाँको त्यहीँ नै छ । समस्याको दीर्घकालीन समाधान आखिर कहिले हुने ?

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang