आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
आर्थिक
Nov 28, 2017
चालु आर्थिक वर्षको कार्तिक महिनासम्म १ खर्बभन्दा बढि बेरुजु
मंगलवार, मंसिर १२, २०७४
काठमाडौं : राज्य कोषबाट खर्च भएको तर स्रोत नखुलेको रकम हो, बेरुजु । आर्थिक वर्ष २०७४/७५को कार्तिक मसान्तसम्ममा प्रारम्भिक बेरुजु रकम १ खर्ब १५ अर्ब १० करोड रुपैयाँ देखिएको हो ।

२ हजार ५८ सालमा जम्माजम्मी २६ अर्ब रुपैंया रहेको बेरुजु रकमको वृद्धि हेर्दा कुल खर्च भएको बजेटको ५० प्रतिशत बराबरको रकम बेरुजु भएको बताउँछन अर्थविद चन्द्रमणि अधिकारी ।

अर्थ मन्त्रालयकै अनुसार अहिलेसम्म १२ दशमलव ९ प्रतिशत मात्र बेरुजु रकम फस्र्योट भएको छ । यसरी बेरुजु रकमको आकार बढ्दै जानुलाई राज्यकोषमा भएको आर्थिक दुरुपयोग मानिन्छ ।

तर अर्थ मन्त्रालयकै नाममा समेत अहिलेसम्म करिब ३१ अर्ब ७० करोड रुपैंया बेरुजु छ । अर्बौ रुपैंया बराबरको खर्चको आधार देखाउन नसकेको अर्थ मन्त्रालयले अहिलेसम्म २७ प्रतिशत मात्र बेरुजु फस्र्योट गरेको छ ।

अर्थ मन्त्रालय मात्र हैन, बेरुजु रकम फस्र्योट गर्न नसकेका मन्त्रालयहरु करिब एक दर्जन भन्दा माथिको संख्यामा रहेको छ ।

कुन मन्त्रालयको बेरुजु कति ?
अर्थ मन्त्रालय करिब ३१ अर्ब ७० करोड रुपैंया
शिक्षा मन्त्रालय करिब ११ अर्ब ७ करोड रुपैंया
भौतिक योजना तथा पूर्वाधार मन्त्रालय करिब २२ अर्ब २० करोड रुपैंया, स्थानीय विकास मन्त्रालय करिब १४ अर्ब ४ करोड रुपैंया, खानेपानी तथा सरसफाई मन्त्रालय करिब ६ अर्ब ७० करोड रुपैंया, सिँचाइ मन्त्रालय करिब ५ अर्ब १८ करोड रुपैंया, रक्षा मन्त्रालय करिब ४ अर्ब ४७ करोड, गृह मन्त्रालय करिब २ अर्ब ४८ करोड रुपैंया, स्वास्थ्य मन्त्रालय करिब ३ अर्ब ६३ करोड रुपैंया, सहरी विकास मन्त्रालय करिब ३ अर्ब ३८ करोड रुपैंया, कृषि विकास मन्त्रालय करिब २ अर्ब १ करोड रुपैंया, भूमिसुधार मन्त्रालय करिब १ अर्ब ४२ करोड रुपैंया, सूचना तथा संचार मन्त्रालय करिब १ अर्ब २६ करोड रुपैंया ।

यसरी विभिन्न मन्त्रालयले आफुले गरेको खर्चको हिसाब देखाउन नसक्नु र राज्यकोषमा यस्ता बेरुजु रकम बढ्दै जानुको अर्थ भ्रष्टाचारमा बृद्धि भएको मानिन्छ ।

मुलुक संघीय संरचनामा गैसकेपछि प्रदेश र स्थानीय तहलाई समेत बेरुजु रकमको मर्यादा भित्र राख्न सक्नु पर्ने हो। अन्यथा आर्थिक अनुशासन कायम हुन सक्ने देखिंदैन।

तसर्थ यसरी बर्सेनि चुलिँदै जाने गरेको बेरुजु रकम नियन्त्रणमा सरकारले बिशेष ध्यान पुर्याउनु पर्ने टड्कारो आवश्यकता रहेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang