बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
खेलकूद
Nov 28, 2017
हान्मदाङमा सहभागी हुने नेपाली तेक्वान्दो टोलीको बिदाई
मंगलवार, मंसिर १२, २०७४
काठमाडौं : कम्बोडियामा हुने एसियन कुकिवन तेक्वान्दो हान्मदाङमा सहभागी हुने नेपाली तेक्वान्दो टोलीको बिदाई गरिएको छ । मंगलबार दिल्लीबजारमा आयोजित कार्यक्रममा ९ सदस्यीय नेपाली तेक्वान्दो टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष सञ्जिव रेग्मी र सदस्य हेमन्त डाँगीले बिदाई गरे ।

रेग्मीले प्रतियोगितामा बलियो आत्मबलका साथ उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट हुन शुभकामना व्यक्त गरे । आगामी १ देखि ३ डिसेम्बरसम्म कम्बोडियाको राजधानी नमफेनमा हुने कुकिवन तेक्वान्दो हान्मदाङमा ५ खेलाडीले विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । सोही अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालका ४ रेफ्रीले निर्णायकको भूमिका निर्वाह गर्नेछन् ।

कम्बोडिया तेक्वान्दो संघ र कम्बोडिया शिक्षा, युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा हुने हान्मदाङ तेक्वान्दोमा प्रेमबहादुर भण्डारी नेतृत्वको नेपाली खेलाडीमा अनिष महर्जनले पावर ब्रेकिङ, आषिश महर्जनले नाइफ ह्यान्ड ब्रेकिङ, प्रविन थापाले हाइ फ्रन्ट किक र अर्जुन रानामगरले ब्याक किकमा प्रतिस्पर्धा गर्नेछन् । अनिष टिम प्रशिक्षक समेत हुन् । नेपाली टोलीका नेतृत्व भण्डारीले नाइफ ह्यान्ड ब्रेकिङ र ग्रुप फाइटमा समेत प्रतिस्पर्धा गर्नेछन् । अनिष, आषिस र अर्जुनले ग्रुप फाइटमा समेत प्रतिस्पर्धा गर्नेछन् ।

टोलीका प्रशिक्षक अनिषले हान्मदाङ अन्तर्गत पावर ब्रेकिङमा सन् २०१४ मा रजत र २०१५ मा स्वर्ण पदक जितेका थिए । नेपालको ४ निर्णायकमा टोनिल कर्मचार्य, नविनकुमार श्रेष्ठ, नोर्बु लामा र योङ दल क्वान छन् । नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गर्नेछन् । च्याम्पियनसिपमा १८ राष्ट्रको सहभागिता रहने टिम व्यवस्थापक प्रेमबहादुर भण्डारीले बताए । यसअघि पोखरामा हान्मदाङ अन्तर्राष्ट्रिय तेक्वान्दो भएको थियो ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang