सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
खेलकूद
Nov 28, 2017
नेपाली राष्ट्रिय क्रिकेट टाेली युएइसँगको अन्तिम खेल खेल्न युएइ जाने
मंगलवार, मंसिर १२, २०७४

काठमाडौं : आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँगको आफ्नो अन्तिम चरणको खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोलि भोलि युएई जाने भएको छ ।

आईसिसिको प्रतिनिधि एमिनुल ईस्लाम, प्रमुख प्रशिक्षक जगत टमाटा र पारस खड्का सम्मिलित छनोट समितिले छनोट गरेको १६ सदस्यीय राष्ट्रिय क्रिकेट टोलि बुधबार युएई तर्फ प्रस्थान गर्नेछ ।

युएई बिरुद्धको खेलको लागि पारस खड्काको कप्तानीमा ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शरद भेष्वकर, बिनोद भण्डारी लगायतका सिनियर खेलाडी समावेश छन् । त्यसैगरी हङकङ बिरुद्धको खेल अस्वस्थ्यताका कारण खेल गुमाएका शक्ति गौचनले पनि पुन टोलिमा स्थान बनाएका छन् । हङकङसँग खेल्न गएको टोलिमा शक्ति गौचन बाहेक अन्य खेलाडी परिवर्तन भएको छैन ।

१६ सदस्यीय टोलिमा कुशल भुर्तेल र अनिल कुमार शाह वैकल्पिक खेलाडीको रुपमा टोलिमा समावेश छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलिले आईसिसि वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत युएईसँगको आफ्नो अन्तिम चरणको खेल खेल्न अघि डिसेम्बर एक र तिन तारिखमा अमेरिका र केन्याको राष्ट्रिय क्रिकट टोलिसँग अभ्यास खेल खेल्नेछ ।

युएईसँग भने नेपालले डिसेम्बर ६ र ८ तारिखमा खेल्नेछ । नेपाल च्याम्पियनसिपको छैठौ स्थानमा छ भने युएई लिगको पुछारमा रहेको छ । यी दुबै टोलि विश्व क्रिकेट लिगको डिभिजन टु मा घटुवा भईसकेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलि भोलि दिउँसो साढे चार बजे युएईको लागि प्रस्थान गर्नेछ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa