बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
समाचार
Nov 29, 2017
चितवनको फिस्लिङस्थित त्रिशुली नदीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुग्यो
बुधबार, मंसिर १३, २०७४
काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको फिस्लिङबाट त्रिशूली नदीमा बस खसेर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

आज बिहान काठमाडौंबाट अर्घाखाँची जाँदै गरेको लु२ख २९१ नम्बरको बस चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित फिस्लिङबाट त्रिशूली नदीमा खसेर दुर्घटना भएको हो । विपरीत दिशाबाट आएको ना६ख ४९७२ नम्बरको ट्रकसँग ठोक्किँदा बस नदीमा खसेको हो ।

मृतक ६ जनाको दुर्घटना लगत्तै शव निकालिएको थियो भने एकजनाको पानीमा डुबेको बसभित्रबाट गोताखोरले शव निकालिएको र एकजनाको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरी बताएको छ ।

दुर्घटनामा २५ जना भन्दा बढी घाइते भएका छन । घाइतेमध्ये १६ जनालाई चितवन स्थित भरतपुर अस्पताल पठाइएको र ५ जनालाइ उपचारको लागि काठमाडौं पठाइएको शसस्त्र प्रहरी बल विपत ब्यवस्थापन तालिम केन्द्रका एसपी विराज श्रेष्ठले जानकारी दिए ।

दुर्घटनाग्रस्त बसबाट २३ जना घाइतेको उद्धार गरिएको चितवन प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको चितवन मेडिकल कलेजमा र केहीको काठमाडौंमा उपचार भइरहेको छ । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा उद्धारमा जुटेका थिए ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa