आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
देश
Nov 29, 2017
काङग्रेसलाई एकपटक प्रतिपक्षीको भूमिकामा हेर्न चाहेको केपी ओलीको भनाई
बुधबार, मंसिर १३, २०७४
झापा : नेकपा एमालेका अध्यक्ष केपी ओलीले राजनीतिक स्थायित्व र लोकतन्त्रको संस्थागत विकासका लागि काङग्रेसलाई एकपटक प्रतिपक्षीको भूमिकामा हेर्न चाहेको बताउनु भएको छ ।

कांग्रेस र लोकतन्त्र एक आपसका परिपूरक हुन् भन्ने भ्रम जनतामा फैलाइएको भन्दै अध्यक्ष ओलीले शासन पद्धति कसैको पेवा नहुने बताए । चुनावी अभियानका लागी आज गृह जिल्ला झापा पुगेका ओलीले सञ्चारकर्मीसँग प्रतिकृया दिदै निर्वाचनपछि कम्युनिस्ट शासनको अध्याय आरम्भ हुने बताए ।

मुलुकको विकास र समृद्धिका लागि कुनै एजेण्डा नभएपछि काङग्रेसले बामगठबन्धन अधिनायकवादको अभ्यासमा लागेको आरोप लगाएको भन्दै अध्यक्ष ओलीले आक्रोस व्यक्त गरे । अमूर्त कुरा गरेर जनतालाई अल्मल्याउन नहुने भन्दै नेता ओलीले कांग्रेस सरकारमा नहुँदैमा लोकतन्त्र धरापमा नपर्ने दावी गरे ।

निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचार गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण सोधेको विषयमा अध्यक्ष ओलीले तीब्र असन्तुष्टि व्यक्त गरे । उनले झापाको चुनावी परिणाम शतप्रतिशत बाम गठबन्धनको पक्षमा आउने दावी पनि गरे ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang