आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
देश
Nov 30, 2017
उपप्रधानमन्त्री एवं कांग्रेस नेता गच्छदारको घरदैलो कार्यक्रमलाई लक्षित गरि बम आक्रमण
बिहीवार, मंसिर १४, २०७४
सुनसरी : उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता बिजयकुमार गच्छदारको घरदैलो कार्यक्रममा बम बिस्फोट हुँदा ४ जना घाइते भएका छन् ।

इटहरी ८ स्थित भलाद्मी टोलमा आज बिहान गच्छदारको घरदैलो कार्यक्रम बम विष्फोट भएको हो । प्रतिनिधिसभा सदस्य उम्मेदवार गच्छदारको चुनावी कार्यक्रममा भएको विष्फोटमा परी ४५ वर्षिया कुमारी कटुवाल, एक वर्षिय योमन न्यौपाने, १६ वर्षिया सम्रिना अधिकारी र ५० वर्षिय धनबहादुर श्रेष्ठ घाइते भएका छन् ।

कटुवाल र न्यौपाने सामान्य उपचारपछि घर फर्किएको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ । अधिकारी र श्रेष्ठलाई भने थप उपचारको लागि विराटनगरस्थित नोबेल अस्पताल लगिएको छ ।

सानो बाटोमा चुनावी सभा चलिरहँदा नजिकै बम विष्फोट भएको थियो । सभामा उपप्रधानमन्त्री गच्छदार सहित पूर्व सांसद कल्पना चौधरी, पर्यटन राज्यमन्त्री सुमित्रा विश्वास लगायत उपस्थिति थियो ।


त्यस्तै प्रदेशसभा र प्रतिनिधीसभाको पहिलो चरणको निर्बाचन सकिएको चार दिन पछि मुगुमा कांग्रेस उम्मेद्वारको घरमा बम भेटिएको छ ।

पहिलो चरणको निर्बाचन सकिएको चार दिनपछि मुगुमा प्रतिनधीसभाका लागी नेपाली कांग्रेसका उम्मेद्धार हस्तबहादुर मल्लको घरमा कुकर बम फेला परेको हो । छायाँनाथ रारा नगरपालिका-१ निबासी मल्लको घरको आगनमा फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan