बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
खेलकूद
Nov 30, 2017
एभरेष्ट प्रिमियर लिग ईपिएलको खेल तालिका सार्वजनिक
बिहीवार, मंसिर १४, २०७४
काठमाडौं : आगामी पुस तीन गते शुरु हुने एभरेष्ट प्रिमियर लिग ईपिएलको खेल तालिका सार्वजनिक गरिएको छ ।

एभरेष्ट प्रिमियर लिगको आयोजक संस्था ईपिएल लिमिटेडले बिहिबार सम्पूर्ण खेल तालिका सार्वजनिक गरेको हो । राउन्ड रोविन लिगका आधारमा खेलाइने एभरेष्ट प्रिमियर लिगमा ६ फ्रेन्चाईज टोली काठमाण्डु किङग्स् ईलेभन, विराटनगर वारियर्स, ललितपुर पेट्रिएट्स, चितवन टाईगर्स, पोखरा राइनोज र भैरहवा ग्ल्याडिएटर्सको सहभागिता रहेको छ ।

लिगबाट शीर्ष चार टोली टुर्नामेन्टको प्लेअफमा पुग्ने छन् । पहिलो प्लेअफमा विजेता हुने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित हुनेले फाईनल प्रवेशका लागि तेस्रो र चौथो टिम बीचको विजेतासँग एलिमिनेटर खेल खेल्नुपर्नेछ ।

एभरेष्ट प्रिमियर लिगको सेकेन्ड एडिसनको पहिलो खेलमा काठमाण्डू किङग्स इलेभन र ललितपुर पेट्रिएट्स भिड्नेछन् । टुर्नामेन्टको पहिलो दिन पुस तीन गते एक मात्र खेल हुनेछ भने त्यसबाहेकका अन्य दिनहरुमा दुई खेलहरु हुने आयोजकले जनाएको छ ।

एभरेष्ट प्रिमियर लिगको फाईनल खेल पुष १५ गते हुनेछ । एभरेष्ट प्रिमियर लिगको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पूर्ण खेलहरु किर्तिपुरस्थित टि यु क्रिकेट ग्राउन्डमा हुनेछ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang