मंगलवार, ८ फागुन, २०७४ (Tue, 20 February, 2018)
खेलकूद
Nov 30, 2017
ईन्डोनेसियामा हुने एशियन गेम्सका लागि सम्पूर्ण तयारीहरु पुस महिनाबाट शुरु हुने
बिहीवार, मंसिर १४, २०७४
काठमाडौ : नेपाल ओलम्पिक कमिटीले आगामी वर्ष ईन्डोनेसियामा हुने एशियन गेम्स लक्षित तयारीलाई निर्वाचनपछि अझ तिव्र वनाउने जनाएको छ ।

सन् २०१८ को अगस्टमा ईन्डोनेसियामा हुने एशियन गेम्सका लागि सम्पूर्ण तयारीहरु पुस महिनाबाट शुरु हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । यसअघिका खेलहरुमा उत्साहजनक सहभागिता नभएपनि आउदो प्रतिस्पर्धामा भने नेपालको उपलब्धीमुलक सहभागिता हुने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले भने ।

आउदो एशियन गेम्समा नेपालले चालिस खेलका ६ विधाका चारसय ६२ ईभेन्टमा प्रतिस्पर्धा गर्ने एनओसीले जनाएको छ । २००६ मा कतारको दोहामा भएको एशियन गेम्समा नेपालले ३ पदक जितेको थियो भने २०१० मा चीनको गोन्जाओ र सन् २०१४ मा दक्षिण कोरियामा भएको प्रतिस्पर्धामा एक एक कास्य पदक जितेको थियो ।

आउदो एशियन गेम्स र सन दुइ हजार विसमा जापानमा हुने ओलम्पिकलाई परिणाममुखी वनाउन खेलाडीलाइ वैदेशिक प्रशिक्षणको समेत प्रवन्ध गरिने श्रेष्ठले जानकारी दिए ।

एनओसीले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद तथा अन्य सम्वन्धीत निकायसँग समन्वय गरेर सहभागिता जनाउने खेलहरुको तय गर्नेछ । आउदो एशियन गेम्स सन २०१८ को अगस्ट १८ देखि सेप्टेम्बर २ सम्म इन्डोनेशियाका दुई शहर जाकार्ता र पालेमबाङमा हुनेछ ।

यसैबिच आगामी डिसेम्बर १२ देखि १४ सम्म इन्डोनेसियामा हुने सेभ द मिसनको बैठकमा एओसीका उपाध्यक्ष ज्योति राणा र कार्यकारी सचिव सुजन श्रेष्ठले प्रतिनिधित्व गर्ने भएका छन् ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang