आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
मनोरञ्जन
Nov 30, 2017
प्रथम राष्ट्रिय श्याँदार सिल प्रतियोगिता २०७४ हुने
बिहीवार, मंसिर १४, २०७४
काठमाडौं : सुनुवार सेवा समाज वडा समिति, काःत खिजीदेम्बा ४, ओखलढुंगा दिकर्बुमा यहि मंसिर १८ गते प्रथम राष्ट्रिय श्याँदर सिल प्रतियोगिता २०७४ आयोजना हुने भएको छ ।

कार्यक्रमको समुदघाटन नेपाल आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बहादुर सुनुवारको प्रमुख आतिथ्यमा हुने भएको छ । प्रतिगोगितामा जातीय पहिचान सहितको लोपोन्मुख नृत्यको सहभागी हुने सो प्रतियोगितामा १२ टोलीको सहभागी हुने आयोजक समितिका अध्यक्ष शम्भु सुनुवारले जानकारी दिए ।

एक दिन चल्ने सो श्याँदार सिल प्रतियोगितामा क्रमशः प्रथम हुने टोलीलाई नगद रु. दश हजार द्वितीय टोलीलाई नगद रु. सात हजार र तृतीय हुने टोलीलाई नगद रु. चार हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने प्रतियोगिताको लोपोन्मुक नृत्यलाई नगद रु. तीन हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।

उत्कृष्ट कोरियोग्राफीलाई नगद रु. तीन हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ साथै सान्त्वना पुरस्कार दुई जनालाई नगद रु. एक हजार र प्रमाणपत्र दिईनेछ ।

प्रतियोगिताको होलिस्टिक हेल्थ प्रा.लि. काठमाडौं, काःतवासी हङकङ ग्रुप (नरेश सुनुवार फोत, श्याम सुनुवार फोत, नविन सुनुवार फोत, मोहन सुनुवार देउरुम्बा, सुरेन्द्र सुनुवार पुस्पते पोखरी), दुर्गा सुनुवार पुस्पते पोखरी, तारा सुनुवार, हाँवा दोलखाले मुख्य प्रायोजन गरेको छ ।

त्यस्तै मिडिया पार्टनरमा बगैंचा डट कम, सुनुवार डट ओआरजि, इन्यूज नेपाल डट कम, अखबर नेपाल डट कम, इहोलिस्टिकन्यूज डट कम, इन्डिजिनिअसभ्वाइस डट कम, रेडियो लिखु, रेडियो कैरन, इन्डिजिनिअस टिभि, अगुल्टो साप्ताहिक र अखवर टाइम्स साप्ताहिक रहेका छन् ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang