बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
समाचार
Nov 30, 2017
स्थानीय तह अर्थात महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाको विवरण अब मोबाइल एप्समा
बिहीवार, मंसिर १४, २०७४
काठमाडौं : तपाई हामीमध्ये धेरैलाई थाह नहुन सक्छ, नयाँ नेपालको नयाँ सिमांकन के हो ? सात वटा प्रदेशहरुको सिमांकन कसरी भएको छ ? अनि तपाईको प्रदेशमा कतिवटा स्थानीय तह अर्थात महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका कति छन् ? त्यस्तै कुल जनसंख्या कति छ अनि कति वटा वडा छन् ?

तर अब तपाईले यी सबै जानकारी आफ्नै हातमा पाउन सक्नुहुनेछ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बिहीबार यी सबै जानकारी समेटिएको मन्त्रालयको मोबाइल एप्स सार्वजनिक गरेको छ । साथै मन्त्रालयले स्थानीय तहको वेबसाइट तथा स्थानीय तहको अनलाइन नक्साहरु प्नि सार्वजनिक गरेको छ ।

अब तपाईले आफ्नो एन्ड्रोइड मोबाइलको प्ले स्टोरमा गएर लोकल गभर्नेन्स एप्स डाउनलोड गरेर सजिलै इन्टरएक्टिभ म्याप प्रयोग गरी आफ्नो प्रदेशको मात्रै होइन, सातै वटा प्रदेशको जीआईएस म्याप हेर्न सक्नुहुन्छ । त्यस्तै मन्त्रालयको वेबसाइटबाट सात सय ५३ वटै स्थानीय सरकारको वेबसाइट र उनीहरुको गतिविधि पनि हेर्न सक्नुहुनेछ ।

मन्त्रालयले स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमको प्राविधिक सहयोगमा यो एप्स तथा वेबसाइट निर्माण गरेको हो । यसले स्थानीय तहमा सर्वसाधारणको पहुँचलाई सहज त बनाएको साथै वित्तिय व्यवस्थापनमा यसले ठूलो राहत पुर्याएको स्थानीय विकास सचिव दिनेश थपलिया बताउँछन् ।

स्थानीय तहको निर्वाचनपछि स्थानीय तह संचालनको क्रममा थुप्रै झमेलाहरु देखा परेका छन् । जनप्रतिनिधिहरुलाई मोबाईल सेट खरीद गर्ने विषयको त निकै आलोचना समेत भयो । यस्तोमा मन्त्रालयको यो पहलले स्थानीय निकायलाई बिना खर्च आफ्नो छुट्टै वेबसाईट उपलब्ध गराएको छ भने बेबसाइटको संचालन र त्यसका लागि आवश्यक तालिमका लागि पनि मन्त्रालयले प्रत्येक स्थानीय निकायलाई छ लाख र एक जना प्राविधिक समेत उपलब्ध गराएको छ ।

मन्त्रालयको यो कार्यले सर्वसाधारणलाई स्थानीय तहको बारेमा सहज सूचना उपलब्ध गराउनुका साथै स्थानीय तहलाई सूचनामैत्री पनि बनाउने प्रयास गरेको छ । साथै प्रविधिको प्रयोगले स्थानीय तहलाई सुशासनयुक्त र पारदर्शी बनाउने अपेक्षा पनि राखिएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa