बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
देश
Nov 30, 2017
नेपाल भारतबीचको सीमा नाकाको सुरक्षा प्रबन्ध कस्तो छ त ?
बिहीवार, मंसिर १४, २०७४
काठमाडौं : प्रदेश र प्रतिनीधि सभाको निर्वाचन लक्षित गरी दर्जनौं स्थानहरुमा बम विस्फोट भैसकेका छन् । निर्वाचन अवधिमा प्रहरीले ठूलो परिणाममा विस्फोटक पदार्थसहित अढाइ सय मानिसलाई नियन्त्रणमा लिएको जनाएको छ । विस्फोटक पदार्थ भने भारतवाट भित्रिएको प्रहरी बताउँछन् । नेपाल भारतवीचको सीमा नाकाको सुरक्षा प्रबन्ध कस्तो छ त ?

काठमाडौ उपत्यकाको सुरक्षा जाँचमा यतिवेला प्रहरीले कडा रणनीति अपनाइरहेको छ । प्रभावकारी सुरक्षा रहेको बताइरहेको प्रहरी दावीबीच केहि दिन अघि ललितपुर र भक्तपुरमा बम विस्फोट भए । उपत्यका वाहिर भने निर्वाचनलाई अवरोध गर्ने गरी दर्जनौं स्थानमा बम विस्फोट भैसकेका छन् ।

बम बनाउन प्रयोग हुने सामग्रीहरु अर्थात बारुद, डेटोनेटर, लोला र फ्युज वायर । यिनै प्रज्वलनशील सामग्रीहरुलाई विभिन्न वस्तुमा राखेर विस्फोट गराइरहेको छ । प्रहरीले २ हजार डेटोनेटर, पटाका, ५ सय ५५ लोला, १४ किलोग्राम वारुदका साथै २ सय २३ मिटर फ्युज वायर वरामद गरेको जनाएको छ । ती सामग्रीहरु भारतबाट ल्याइएको प्रहरी बताएका छन् ।

निर्वाचन विरोधी शक्ति या समूहले ती सामानहरु भारतवाट ल्याइएको बताइरहँदा सीमा नाकासँग जोडिएका केहि जिल्लाहरु पर्सा, नवलपरासी र नेपालगञ्जको सुरक्षा जाँच भने फितलो देखिन्छ । तर प्रहरी र स्थानीय प्रशासन भने सुरक्षा जाँच र व्यवस्था मजवुत भएको दावी गर्छ ।

सीमा नाकामा हुने सुरक्षा जाँचलाई थप कडाइको साथ कार्यन्वयन गर्नुपर्ने सुरक्षाविद्हरु बताउँछन् । नेपाल भारतको मुख्य नाकाहरु मात्र नभएर अन्यत्रबाट समेत विस्फोटक पदार्थ भित्रिएको हुनसक्ने उनीहरुको आशंका छ ।

जनधनको क्षति हुने गरी भैरहेको यस्ता विस्फोटको अहिलेसम्म कसैले पनि जिम्मा लिएको छैन । ढिलै गरी वुधवार केन्द्रीय सुरक्षा समितिको वैठक बसी सरकारले अधिकतम वल प्रयोग गर्ने नीति भने लिएको छ । शान्त, स्वतन्त्र र भयरहित निर्वाचनको वातावरण बनाउन सरकारले तदारुकता देखाउन जरुरी देखिन्छ ।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa