आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
देश
Nov 30, 2017
पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाउने मन्त्रीपरिषद् बैठकको निर्णय
बिहीवार, मंसिर १४, २०७४
काठमाडौं : सरकारले मकवानपुरको रातोमाटेदेखि चौकीटोलसम्मको पुर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ ।

विहिबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकले यसअघि कायम भएको मकवानपुरको रातोमाटेदेखि चौकीटोलसम्मको पुर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथको भागलाई राजमार्गबाट हटाई रातोमाटेदेखि राप्ती पुलसम्म तिन किलो मिटर सडकखण्डको बाईपासलाई राजमार्गको रुपमा निर्माण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी नारायणगढ मुग्लिन सडक खण्डमा पर्ने आँपटारीदेखि पुलचोकसम्मको सडकलाई शहरी सडक कायम गर्ने निर्णय पनि बैठकले गरेको छ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा अवधेश कुमार त्रिपाठीलाई नियुक्त गरेको छ । नेपाल चेम्बर अफ कमर्सको विधान स्वीकृत गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई हदबन्दी भन्दा बढी जग्गा राख्न छुट दिने निर्णय गरेको छ । हदवन्दीका कारण प्रतिष्ठानले आवश्यक जग्गा पनि सुरक्षण गर्न पाएको थिएन । साथै मन्त्रिपरिषदको बैठकले पृथ्वी जयन्तिका दिन पौष २७ गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan