सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
समाचार
Dec 02, 2017
निर्वाचनपछि बाम गठबन्धनको स्थायी सरकार बन्ने माओवादी अध्यक्ष दाहालको भनाई
शनिबार, मंसिर १६, २०७४
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।

दाहाल आज ललितपुर क्षेत्र नम्बर ३ को सुनाकोठीमा गठबन्धनको चुनावी प्रचार सभालाई सम्बोधन गर्दै वाम गठबन्धनलाई कमजोर नआँक्न आग्रह गर्दै अध्यक्ष दाहालले वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दुई तिहाइ बहुमत सुरक्षित गर्ने दोहोर्याए ।

उनले वाम एकता निर्वाचन केन्द्रीत मात्रै नभएको जिकिर गर्दै पार्टी एकता गर्ने संकल्प सहित कार्यदल समेत निर्माण गरिएको स्पष्ट पार्नुभयो । नेतृत्व र नीतिका बारेमा समेत स्पष्ट भएपछि मात्रै वाम तालमेल गरिएको भन्दै उहाँले विगतको जस्तो चुनावी तालमेलको रुपमा मात्रै नबुझ्न आग्रह गरे ।

क्षेत्र नम्बर ३ बाट बामगठबन्धनकी उम्मेदवार फम्फा भुसालले आफुले क्षेत्र नम्बर तीनको मुहार फेर्न बताए । यो क्षेत्रमा भुसालको प्रतिष्पर्धीको रुपमा नेपाली कांग्रेसबाट निर्वतमान सांसद मदन अमात्यको उम्मेदवारी छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa