आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
समाचार
Dec 02, 2017
चुनावको निष्पक्षतालाई प्रभाव पार्ने कोशिस नगर्न पर्यवेक्षकहरुलाई निर्वाचन आयोगको आग्रह
शनिबार, मंसिर १६, २०७४
काठमाडौं : निर्वाचन आयोगले विधिवत ढंगले निर्वाचन सम्पन्न गराउने आयोगको लक्ष्यलाई ध्यानमा राखि स्वतन्त्र र निष्पक्ष भुमिका निर्वाह गर्न निर्वाचन पर्यवेक्षकहरुलाई आग्रह गरेको छ ।

काठमाण्डौ, ललितपुर र भक्तपुरका पर्यवेक्षकहरुका लागि आज आयोजित पर्यवेक्षण तालिमका क्रममा आयोगले निष्पक्ष र स्वतन्त्र रुपमा जिम्मेवारी वहन गर्न आग्रह गरेको हो ।

राजनीतिक दलहरुले निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्ने गरी पर्यवेक्षकहरुलाई पनि प्रभावित पार्न खोज्ने र त्यस किसिमको पनि संभावना रहेको भन्दै आयोगले सचेत गराएको हो ।

निर्वाचन पर्यवेक्षकका लागि आयोगले निर्धारण गरेका सीमा र दायरामा रही आफ्नो भुमिका निर्वाह गर्नपनि आयोगले पर्यवेक्षकहरुलाई सचेत गराएको छ ।

आयोगले पर्याप्त मतदाता शिक्षा दिन नसकेको स्वीकार गर्दै प्रवक्ता ढकालले निर्वाचन सम्बन्धी कानुनको अभाव लगायत कारणले समस्या भएको बताए । मतदाता शिक्षाका कार्यकर्ता अहिलेपनि मतदाताको घरदैलोमा सक्रिय रहेको र सरोकारवाला निकाय, नागरिक समाज तथा राजनीतिक दलहरुले पनि मतदाता शिक्षामा सहयोग पुर्याइरहेको भन्दै बदर मतको संख्या कम हुने अपेक्षा आयोगले लिएको उनको भनाइ थियो ।

आयोगले २१ गते निर्वाचन हुने स्थानमा १८ र १९ गते सम्बन्धित मतदान केन्द्रबाट नै मतदाता परिचयपत्र वितरण गरिने जानकारी पनि दिएको छ । स्थानीय तहको निर्वाचनमा मतदाता नामावलीमा नभएका नयाँ मतदाताका लागि पनि मतदाता परिचयपत्र वितरणको व्यवस्था मिलाएको आयोगले जनाएको छ ।।

त्यसैगरी मंसिर २१ गते हुने दोश्रो चरणको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन नजिकिएसंगै तेह्रथुम जिल्लामा निर्वाचन सामग्री वितरणको काम सुरु भएको छ ।

निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले छथर, आठराई र फेदाप गाउँपालीका र लालीगुराँस नगरपालीकाका केही स्थानका लागि आवश्यक सामग्री वितरण गरिसकेको छ । बाँकी गाउँपालीका र नगरपालीकामा आजसम्ममा वितरण गरिसक्ने निर्वाचन कार्यलयले जनाएको छ ।

यसैगरी भोलिबाट मतपत्र सहित निर्वाचन कर्मचारी खटिने मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । जिल्लामा ६६ हजार ६ सय ६७ जना मतदाता रहेका छन् ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang