आईतवार, ४ कार्तिक, २०७५ (Sun, 21 October, 2018)
देश
Dec 02, 2017
अमेरिकाको हवाइ राज्यमा परमाणु आक्रमणको चेतावनी दिने साइरनको सफल परीक्षण
शनिबार, मंसिर १६, २०७४
एजेन्सी : उत्तर कोरियाको परमाणु कार्यक्रम विरुद्ध अन्तर्राष्ट्रिय लबिङ गरिरहेको अमेरिकाले परमाणु आक्रमणबाट सजग रहन चेतावनी दिने साइरन परीक्षण गरेको छ ।

उत्तर कोरियाको परमाणु परीक्षणको बढ्दो चुनौतीका बीच अमेरिकाको हवाई राज्यले यो साइरन परीक्षण गरेको हो । सुनामी सहितका प्राकृतिक विपद्को चेतावनी दिने साइरनको परीक्षण हुँदै आएको हवाई राज्यमा शुक्रबार यस्तो साइरनको आवाज सुनिएको थियो ।

परमाणु आक्रमणको चेतावनी दिने साइरनले फरक किसिमको आवाज निकालेर त्यहाँका बासिन्दा र पर्यटकलाई घरभित्रै रहन तथा थप निर्देशनको प्रतिक्षा गर्न सजग गराउँदछ ।

पछिल्लो पटक सन् १९८० को दशकमा शीतयुद्धको अन्तिम समयतिर हवाईमा यस्तो साइरनको परीक्षण गरिएको थियो । अब देखि प्रत्येक महिनाको कार्यालय खुला रहने पहिलो दिन परमाणु आक्रमणको चेतावनी दिने साइरन बज्ने बताइएको छ ।

यसले त्यहाँका नागरिकहरुलाई फरक आवाजको अर्थ बुझ्न सहयोग पुग्ने जनाइएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan