मंगलवार, ८ फागुन, २०७४ (Tue, 20 February, 2018)
देश
Dec 02, 2017
बैंकिङ कसूरका अभियुक्तहरु पक्राउ
शनिबार, मंसिर १६, २०७४
काठमाडौं : कृषि विकास बैंक लिमिटेड रामशाहपथ काठमाडौंको मुख्य शाखा कार्यालय न्यूरोडबाट शाखा कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ भएको देखाई बैंकको रकम एक आपसमा मिलेमतो गरी बैंकलाई हानी नोक्सानी पु¥याउने उद्धेश्यका साथ बैंकको मौज्दात रकम करीव ४ करोड ९१ लाख हिनामिना गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जको प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको नागार्जुन नगरपालिका–१ सितापाईला बस्ने ३२ वर्षीय दिपिका रेग्मी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने तेह्रथुमको सिम्लेका ४२ वर्षीय प्रकाश घतानी र काठमाडौं महानगरपालिका–३२ बस्ने दोलखाको भिमेश्वर नगरपालिका–६ का ४२ वर्षीय रमेशकुमार थापा रहेका छन् ।

उक्त कार्यमा कृषि बिकास बैंक न्यूरोड शाखा कार्यालयमा कार्यरत सहायक टेलर दिपिका रेग्मीको मुख्य संलग्नता देखिएको र सो सम्बन्धमा नेपाल राष्ट्र बैंकको पत्रको जाहेरी पश्चात सो ब्यूरोको टोलीले काठमाडौंका विभिन्न ठाउँबाट उक्त कार्यमा संलग्न उनीहरुलाई मंसिर १३ गते पक्राउ गरेको हो ।

उनीहरु उपर उच्च अदालत पाटनबाट मंसिर १४ गते ५ दिन म्याद थप भई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang