बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
समाचार
Dec 02, 2017
कपिलबस्तुमा माओवादी अध्यक्ष दाहालले सम्बोधन गरेको सभास्थल नजिकै बम विष्फोट
शनिबार, मंसिर १६, २०७४
कपिलबस्तु : कपिलवस्तुमा आज बामगठबन्धनको चुनावी सभास्थल नजिकै बम विष्फोट गराइएको छ ।

बाम गठबन्धनका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको हो ।

वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याए लगत्तै ठूलो आवाजका साथ विस्फोट भएको थियो ।

सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोटको आवाजसँगै सभामा आएका मानिसहरु भागाभाग गरेका थिए । पूर्व प्रधानमन्त्री दाहालले सम्बोधन गरेको मञ्चबाट करिब १ सय मिटरको दूरीमा विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक प्रल्हाद अधिकारीले बम कस्ले विष्फोट गराएको हो भन्ने बारे अनुसन्धान भैरहेको जानकारी दिए ।

गएराती करिब १ बजेको समयमा संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का उम्मेदवारको घरमा अज्ञात समूहले बम विष्फोट गराएको थियो भने बिहिबार दिउँसो नयाँ शक्ति पार्टी नेपालका प्रतिनिधिसभा ३ का उम्मेदवार सभार गाडी माथि रिमोट बम प्रहार भएको थियो ।

लगातार बम विष्फोट हुन थालेपछि जिल्लाबासी त्रसित बनेका छन् । मतदानको दिन नजिकिँदै गर्दा जिल्लामा बम विस्फोटका घटना बढ्न थालेका छन् । शुक्रबारमात्रै जिल्लाका विभिन्न तीन स्थानमा बम विस्फोट भएको थियो ।

जिल्लामा थप बम विस्फोटका घटना हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लाका तीनवटै सुरक्षा निकायलाई सघन ढंगबाट परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिनुभएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa