आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
समाचार
Dec 02, 2017
निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको गृहमन्त्रालयद्वारा जानकारी
शनिबार, मंसिर १६, २०७४
काठमाडौं: सरकारले प्रदेश र प्रतिनिधीसभाको दोश्रो चरणको निर्वाचन भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारेको छ ।

गृहमन्त्रालयले आज पत्रकार सम्मेलन गरी निर्वाचन सुरक्षाप्रति गम्भीर र संवेदनशील रहेको भन्दै शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल र उम्मेम्दवारलाई आग्रह गरेको हो ।

निर्वाचन सुरक्षाको तयारी शसक्त ढंगबाट अघि बढेको जानकारी दिँदै मन्त्रालयले उम्मेदवार, मतदाता, निर्वाचन कार्यालय लगायतको सुरक्षा गर्न सरकार सक्षम रहेको स्पष्ट पारेको छ । गृहमन्त्रालयका प्रवक्ता नारायण प्रसाद दुवाडीले सबै सुरक्षा अंगहरु निर्वाचन सुरक्षाप्रति गम्भीर र संवेदनशील रहेको भन्दै निर्धक्क मतदानमा सहभागी हुन आव्हान पनि गरे ।

मुलुकका विभिन्न स्थानमा भएका निर्वाचन विरोधी घटनामा संलग्नहरु नियन्त्रणमा आईसकेको दावी गर्दै प्रवक्ता दुवाडीले सबैमाथि कडा कारवाही हुने बताए ।

निर्वाचन सुरक्षा फितलो भएको भन्ने समाचार आईरहेका बेला गृहमन्त्रालयले पत्रकार सम्मेलन नै गरी सुरक्षा चुस्त दुरुस्त रहेको र भयरहित निर्वाचन सम्पन्न गर्न सक्षम रहेको दाबी गरेको हो ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang