सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
आर्थिक
Dec 02, 2017
साता भरमा नेप्से ४४ अंकले बढ्दा साढे ३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार
शनिबार, मंसिर १६, २०७४
काठमाडौं: चुनावी माहौलका बीच यो साता सेयर बजार परिसूचक नेप्से र कारोबार रकम उल्लेख्य रुपमा बढेको छ । साता भरमा नेप्से ४४ अंकले बढ्दा साढे ३ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

दोहोरो अंकको वृद्धिबाट सुरु भएको साताको सेयर कारोबारमा लगानीकर्ताको आकर्षणमा पनि क्रमशः वृद्धि भयो । साताभरमा नेप्से परिसूचक ४४ दशमलव तीन ८ अंकले बढेर अन्तिम १ हजार ५ सय ३७ दशमलव छ ७ अंकमा पुगी कारोबार बन्द भएको थियो ।

विगत केही साताको तुलनामा यो साता कारोबार रकममा पनि आकर्षक वृद्धि देखियो । लामो समयपछि बुधबारको कारोबारले एक अर्ब रुपैयाँ नाघेको थियो । आइतबार, सोमबार र मंगलबार क्रमशः ५९ करोड, ६५ करोड र ५७ करोड रुपैयाँको कारोबार भएको थियो । साताको अन्तिम दिन विहिबार भने ७४ करोड ६८ लाख रुपैयाँको कारोबार भएको थियो ।

समग्रमा, साताभरमा तीन अर्ब ६१ करोड ३२ लाख ६२ हजार आठ सय १६ रुपैयाँको सेयर कारोबार भएको छ । गत साता दुई अर्ब २३ करोड ३८ लाख ७२ हजार तीन सय ७९ रुपैयाँको सेयर कारोबार भएको थियो ।

यो साता बुटवल पावर कम्पनी, नेपाल टेलिकम, चिलिमे हाइड्रो, नेपाल बैंक लगायतको धेरै कारोबार भएको छ । साथै यो साता नयाँ नेपाल लघुवित्त, युनाइटेड इन्स्योरेन्स, नागबेली लघुवित्त, कालिका माइक्रोक्रेडिट लगायतका सेयरधनीले कमाएका छन् ।

हिमालयन डिस्टीलरी, राष्ट्रिय बीमा कम्पनी प्रोमोटर लगायतका सेयरधनीले यो साता धेरै गुमाएका छन् ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa