मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
आर्थिक
Dec 02, 2017
चालु आर्थिक वर्षको मंसिर १३ गते सम्ममा कुल ३७ अर्ब ४४ करोड ८७ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन
शनिबार, मंसिर १६, २०७४
काठमाडौं: चालु आर्थिक वर्षका लागि सरकारले छुट्याएको पुँजीगत खर्च तर्फको करिब ३ खर्ब ३५ अर्ब रुपैयाँ मध्य चालु चौमासिकको यो सातासम्म आइपुग्दा कुल ७ दशमलव ८ शुन्य प्रतिशत अर्थात २६ अर्ब १५ करोड १७ लाख ३४ हजार रुपैयाँ पुँजीगत खर्च भएको छ ।

त्यसैगरी चालुतर्फ करिब ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ बजेट छुट्याइएकोमा यो अवधिसम्म ३० दशमलव ९ नौ प्रतिशत अर्थात कुल २ खर्ब ४८ अर्ब ९९ करोड ५१ लाख ४८ हजार रुपैयाँ खर्च भएको तथ्याङ्कले देखाएको छ ।

आर्थिक वर्ष २०७४/७५ का लागि सरकारले करिब १२ खर्ब ७८ अर्ब रुपैयाँ बराबर बजेट छुट्याएकोमा यो अवधिसम्म कुल बजेटको २२ दशमलव ३ एक प्रतिशत रकम खर्च भएको छ । अर्थात् हालसम्म कुल २ खर्ब ८५ अर्ब ३१ करोड २६ लाख ९५ हजार रुपैयाँ बजेट खर्च भएको छ ।

त्यस्तै बित्तीय तर्फ चालु आर्थिक वर्षका लागि छुट्याइएको करिब १ खर्ब ४० अर्ब रुपैयाँ बजेट मध्य हालसम्म ७ दशमलव २ पाँच प्रतिशत अर्थात कुल १० अर्ब १६ करोड ५८ लाख १३ हजार रुपैयाँ बित्तीय खर्च भएको छ ।

त्यसैगरी राजस्व संकलन तर्फ हेर्ने हो भने चालु आर्थिक वर्षको मंसिर १३ गते सम्ममा मुलुकभरबाट कुल २ खर्ब १३ अर्ब ९० करोड ७३ लाख २ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

चालु आर्थिक वर्षका लागि सरकारले लिएको राजस्व संकलन लक्ष्यको यो २९ दशमलव ३ शुन्य प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले करिब ७ खर्ब ३० अर्ब रुपैयाँ बराबरको राजस्व संकलनको लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्षको मंगसिर १३ गते सम्ममा पर्सा जिल्लाबाट सबै भन्दा धेरै अर्थात् ५४ अर्ब ७७ करोड ४५ लाख ४५ हजार रुपैयाँ राजस्व संकलन भएको छ भने मनाङ जिल्लाबाट सबै भन्दा थोरै अर्थात् ६७ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

मुलुकको राजधानी अर्थात काठमाडौँबाट भने चालु आर्थिक वर्षको मंसिर १३ गते सम्ममा कुल ३७ अर्ब ४४ करोड ८७ लाख ८९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

-दिलमान गुरुङ
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan