बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
खेलकूद
Dec 02, 2017
जुनियर लनटेनिस च्याम्पियनसिपको उपाधि आर्यन र रायनालाई
शनिबार, मंसिर १६, २०७४

काठमाडौं: आर्यन गिरी र रायना शाहले हेम्स सब जुनियर लनटेनिस च्याम्पियनसिपको यु–१२ सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । आर्यन ब्वाइज तथा रायना गल्र्समा च्याम्पियन बने ।

हेम्स टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा आर्यनले आरभसम्राट हाडालाई ६–४ र ७–५ को सोझो सेटमा पराजित गरे । गल्र्स फाइनलमा रायनाले इशाश्री शाहलाई ६–४ र ६–१ को सीधा सेटमा हराइन् ।्

यु–१० ब्वाइज सिंगल्समा भने आरभ स्वर्ण जित्न सफल भए । उनले फाइनलमा प्रणव मानन्धरको चुनौती ४–० र ४–२ ले समाप्त पारे । सोही स्पर्धाको गल्र्समा रोशनी लिम्बू पहिलो भइन् । फाइनलमा रोशनीले इभा अधिकारीबाट वाक ओभर पाइन् ।

विजेतालाई अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा, आयोजक एकेडेमीका संस्थापक हेम लामालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । नोभेम्बर २५ तारिखदेखि सुरु प्रतियोगितामा २८ खेलाडीले विभिन्न ४ सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang