बिहीवार, २८ मंसिर, २०७४ (Thu, 14 December, 2017)
खेलकूद
Dec 02, 2017
टिचर्स फुटसल प्रतियोगिताको उपाधि प्रिमियर इन्टरनेसनललाई
शनिबार, मंसिर १६, २०७४

काठमाडौं: प्रिमियर इन्टरनेसनलले पाँचौं अन्तरविद्यालय टिचर्स फुटसल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।

बानेश्वर फुटसलमा भएको फाइनलमा प्रिमियरले द ब्रिटिस स्कुललाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित १६ मिनेटको खेल ३–३ को बराबरी स्थितिमा सकिएको थियो । पहिलो भएको प्रिमियरले २० हजार नगद पुरस्कार प्राप्त ग¥यो भने ब्रिटिसले १० हजार नगद पुरस्कार पायो ।

विद्या संस्कार स्कुल खेलकुद विभागद्वारा आयोजित प्रतियोगितामा प्रिमियरका कविचन्द्र राई उत्कृष्ट खेलाडी घोषित भए । ब्रिटिसका डा. जोन मुरे ‘मोस्ट प्रोमिसिङ खेलाडी’ बने भने ब्रिटिसकै रमेश ज्ञवाली पूरै प्रतियोगितामा १३ गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा रहे । ब्रिटिसका गेरी वाम्विक उत्कृष्ट गोलरक्षक चुनिए । पारागन अनुशासित टिम बन्यो ।

विजेतालाई एन्फा फुटसल कमिटीका अध्यक्ष रमेश रायमाझी, विद्या संस्कार स्कुलका निर्देशक राजेश अधिकारी, प्रतियोगिता संयोजक समेत रहेका आयोजक विभागका प्रमुख राजन न्यौपानेलगायतले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । एकदिने प्रतियोगितामा १२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang