शुक्रबार, १ भाद्र, २०७५ (Fri, 17 August, 2018)
खेलकूद
Dec 02, 2017
करियर बिल्डिङ इन्टरनेसनल एकेडेमीलाई लगातार फेका कप
शनिबार, मंसिर १६, २०७४
काठमाडौं: करियर बिल्डिङ इन्टरनेसनल एकेडेमी १२ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा शनिबार लगातार दोश्रो पटक च्याम्पियन बनेको छ ।

फेयर एजुकेसनल कम्पिटिटर्स एसोसिएन (फेका) को आयोजनामा पेप्सीकोला टाउन प्लानिङ मैदानमा भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन करियरले गोल्डेन बडलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो ।

निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएपछि खेल अत्तिरिक्त समयतर्फ लम्किएको थियो । अत्तिरिक्त समयमा दुवै पक्षबाट गोल सम्भव नभएपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट गरिएको थियो । निर्धारित समय गोल्डेनबडका विजय थापा मगरले टोलीलाई अग्रता दिलाएका थिए । करियरका सविन कोइरालाले गोल फर्काएपछि निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

उपाधिसँगै करियरले २० हजार नगद पुरस्कार पायो भने गोल्डेन बडले १५ हजार नगद पुरस्कार हात पा¥यो । तेश्रो भएको श्रमशीलले १० हजार नगद पुरस्कारमा चित्त बुझायो ।

प्रतियोगितामा गोल्डेन बडका उमेश खत्री उत्कृष्ट खेलाडी चुनिए भने प्रतियोगिता अवधिभर ७ गोल गरेका हाइली क्रिएटिभका निरज कार्की सर्वाधिक गोलकर्ता बने । डिफेन्समा करियरका आकाश शाह तथा गोलरक्षकमा एकलव्यका रुपेश बराइली उत्कृष्ट ठहरिए ।

विद्या विकासका दिपेश पाण्डे उदीयमान खेलाडी घोषित भए । डेन्स इन्टरनेसनल एकेडेमीले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई केन्द्रीय प्याब्सनका कार्यावाहक अध्यक्ष डिके ढुंगाना लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मंसिर ८ गतेदेखि सुरु नकआउट प्रतियोगितामा २० टिम सहभागी थिए ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa