मंगलवार, ८ फागुन, २०७४ (Tue, 20 February, 2018)
आर्थिक
Dec 03, 2017
एभरेष्ट बैंकद्वारा अशक्त बालबालिकालाई सहयोग
आईतवार, मंसिर १७, २०७४
काठमाडौं : विश्व अपांगता दिवसको अवसर पारेर एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व (सिआरएस) कार्यक्रम अन्र्तगत अशक्त बालबालिकालाई सहयोग गरेको छ ।

आज लगनखेलको नमुना मेहेन्द्र सेकेन्डरी स्कुलका दुष्टिविहिन बिद्यार्थीलाई आवश्यक सामाग्री वितरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ र नायब महाप्रबन्धक राजिव जैनले उक्त सामाग्री वितरण गरेका हुन् ।

उक्त कार्यक्रममा रिसोर्स पर्सन बुद्ध लक्ष्मी श्रेष्ठ, बैंकका सिनियर म्यानेजर रञ्जन खड्का र लगनखेल ब्राञ्चका म्यानेजर लभ कुइकेलको उपस्थिति थियो ।

बैंकले यस्ता कार्य लगनखेल शाखाबाट मात्र नभई देशभर फैलिएका आफ्ना विभिन्न शाखाबाट यस्ता कार्यक्रम सञ्चालन गरेको छ । साथै, एभरेष्ट बैंकले सामाजिक दायित्वको सन्दर्भमा यस अघि पनि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्र्गगत सहयोग गर्दै आइरहेको छ ।

बैंकले आफ्नो उत्कृष्ट सेवाहरु देशभर फैलिएका ६४ शाखा कार्यालय, २ एक्टेन्सन काउन्टर, २८ राजस्व काउन्टर, ९४ एटिएम र पाँच हजार भन्दा बढी भुक्तानी एजेन्टको माध्यमबाट दिदै आइरहेको छ । बैंकले एसियन पेन्टस् न्युबिज ‘बेस्ट म्यानेज्ड कमर्सियल बैंक अवार्ड २०१३’ को सम्मान प्राप्त गरेको थियो ।

- जंग बहादुर बोमजन
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang