बिहीवार, ४ माघ, २०७४ (Thu, 18 January, 2018)
समाचार
Dec 03, 2017
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा बाँदरमुढे घटनाका पीडितहरुसँग माडीमा तीन बुँदे सम्झौतापत्रमा हस्ताक्षर
आईतवार, मंसिर १७, २०७४
चितवन : नेकपा माओवादी केन्द्रले युद्धकालमा चितवनको माडीस्थित बाँदरमुढेमा भएको घटनाका पीडितहरुसँग तीन बुँदे सम्झौता गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाँदरमुढे घटनाका पीडितहरुसँग माडीमा तीन बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । माडीमा चुनावी सभा हुनुअघि अध्यक्ष पुष्पकमल दाहाल र बाँदरमुढे घटनाका केही पीडितबीच तीनबुँदे सम्झौता भएको थियो ।

घटनापछि गठित बाँदरमुढे पीडित संघर्ष समितिका व्यक्तिहरु भने सम्झौतामा हस्ताक्षर हुँदा उपस्थित थिएनन् । सम्झौताको पहिलो बुँदामा मृतकका परिवारलाई काम गर्न सक्नेलाई रोजगारी, नसक्नेका लागि जीवनवृत्ति र बालबालिकालाई पठनपाठनको व्यवस्था गर्ने उल्लेख छ ।

त्यस्तै, घाइतेको औषधोपचारको व्यवस्था पनि गर्ने र तेस्रो बुँदामा घटनामा ज्यान गुमाएकाको सम्झनामा १० बिगाहा क्षेत्रमा पार्क बनाउने सम्झौता भएको छ । पार्कलाई युद्ध पर्यटनका रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।

अध्यक्ष दाहालले पीडितहरुलाई सम्झौता पूर्ण रुपमा पालना हुने विश्वास दिलाएका छन् । २०६२ साल जेठ २३ मा तत्कालीन माओवादी विद्रोहीले माडीको बाँदरमुढे खोलामा थापेको विद्युतीय धरापमा यात्रु बाहक बस पर्दा ४३ जना यात्रुको ज्यान गएको थियो ।

आजै माडीमा आयोजित संयुक्त वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दाहालले बाँदरमुढे घटना द्वन्द्वकालको सबैभन्दा ठूलो गल्ती भएको स्वीकारेका छन् । बाँदरमुढे घटनाका पीडित परिवारसँग भएको सम्झौता पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang
Sangam Gurung, Manish Bahadur Tamang